bardiyahospital

बाँसगढी नगरपालिकामा निःशुल्क चेकजाँच तथा परामर्श सेवा सुरु 

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियाको बाँसगढी नगरपालिकाले  निःशुल्क चेकजाँच तथा परामर्श सेवा सुरु गरेको छ । सोमबारबाट पालिकाले  नागरिकको घरदैलोमा पुगेर निःशुल्क चेकजाँच तथा परामर्श सेवा सुरु गरेको हो ।

पालिकाभित्र बसोबास गर्ने  ३० वर्षमाथिका नागरिकको  निःशुल्क प्रेसर, सुगर र  पिसाब परिक्षण तथा परामर्श सेवा प्रदान गर्नका लागि पालिकाले एक महिनासम्म घरदैलो अभियान  सञ्चालन गरेको नगरप्रमुख खड्कबहादुर खड्काले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ मानिसको बढी जमघट हुने ठाउँ र घरघरमा पुगेर स्वास्थ्य चेकजाँच गर्ने गरी चेकजाँच तथा परामर्श सेवा  सुरु गरेको छ। हामी स्थानीय सरकार सधैँ जनताको नजिक छौँ, जनताको सेवामा प्रतिबद्ध छौँ। त्यहीँ प्रतिबद्धता अनुसार  निःशुल्क  स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा चलिरहेको छु ।’

cld

नगरप्रमुख खड्काले  घरगाउँमा आउने स्वास्थकर्मी लाई  साथ दिन फिल्डमा गएका स्वास्थ्यकर्मीसँग सहकार्य गरी स्वस्थ बाँसगढी  बनाउन पालिका साथमा रहेको  जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.