
कृष्णसार अनलाइन । बर्दियाको गुलरियामा निर्वाचन लक्षित घटना अभ्यास गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित घटना अभ्यास गरिएको हो ।
प्रतिनिधि सभाको चुनावलाई लक्षित गरी नमुना मतदान केन्द्र निर्माण, मतदान केन्द्रमा देखिने आकस्मिक समस्यालाई व्यवस्थापन, मतपेटिका र मतपत्रको सुरक्षा, निर्वाचन खटिने कर्मचारी र मतदाताको सुरक्षा व्यवस्थापन लगायत निर्वाचन लक्षित घटना अभ्यास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन लक्षित घटना अभ्यास कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, नेपाली सेना बज्रदल गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान सहभागिता रहेको छ ।’


