
कृष्णसार अनलाइन । बर्दियामा चितुवाको आक्रमणबाट एक जना महिला बेपत्ता भएकी छिन् । चितुवाको आक्रमण परी मधुवन नगरपालिका– ९ का ४९ वर्षीया मैसरा डाँगी बेपत्ता भएकी छिन् ।
दिउँसो करिब दुई बजे छिमेकीसँग घाँस काट्न गएकी डाँगीलाई चितुवाले आक्रमण गरी थियो । चितुवाको आक्रमणबाट बेपत्ता भएकी डाँगीे हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ डाँगीलाई चितुवाले बेपत्ता पारेको खबर वडा अध्यक्षले गरेपछि बेपत्ता भएकी डाँगीको खोजतलास भइरहेको छ ।’

आजै चितुवाको आक्रमण परी गुलरिया नगरपालिका– ४ का नन्दु रोकायको मृत्यु भएकोे छ ।


