bardiyahospital

बर्दियामा ट्रयाक्टर पल्टिएर एकजनाको मृत्यु, तीनजना घाइते 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा ट्रयाक्टर पल्टिएर एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । ट्रयाक्टर पल्टिएर बाँसगढी नगरपालिका– ८ का १४ वर्षीय रोशन थारूको मृत्यु भएको छ ।

त्यसैगरी, ट्रयाक्टर पल्टिएर बाँसगढी नगरपालिका– ८ का ११ वर्षीय रितिक बिक र १३ वर्षीय सुशान्त थारू र  बढैयाताल गाउँपालिका– ४ का ६० वर्षीय  बुद्धिराम थारू घाइते भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । 

cld

साँझ साढे ६ बजेको समयमा बाँसगढी नगरपालिका– ९,  तिहारको  भित्री सडक खण्डअन्तर्गत थुमनीबाट माछागढ आउँदै गरेको ट्याक्टर रुखमा ठोक्किएर पल्टिँदा  ट्रयाक्टरमा सवार रहेका एकजनाको मृत्यु र तीनजना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रमुख प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताउनु भयो । उहाँले भन्नुभयो,  ‘ट्याक्टर पल्टिएर घाइते भएका तीनजनाको  बाँसगढी बजारमा रहेको कौशिल्या अस्पतालमा उपचार भइरहेको छ ।’ घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.