
कृष्णसार अनलाइन । बर्दियाको राजापुर नगरपालिकामा छायांकन गरिएको ‘लालीबजार ’ फिल्मको टिजर सार्वजनिक गरिएको छ ।
राजापुरमा छायांकन गरिएको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय गर्नु भएको छ । यसै फिल्म मार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दै हुनुहुन्छ ।

फिल्म निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पार्नु भएको हो । चलचित्रमा अभिनेत्री खड्काको नियमित भन्दा फरक भूमिकामा देखिनु भएको छ ।


