bardiyahospital

कार्यसम्पादन मूल्याङ्कनमा गेरुवा गाउँपालिका  कमजोर

Geruwa GIF

प्रकाश पौडेल , गुलरिया   । बर्दियाका ८ स्थानीय तह मध्ये  कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर गेरुवा गाउँपालिका देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर गेरुवा गाउँपालिका देखिएको हो  ।

स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सूचक तथा प्राप्त विवरणको आधारमा आयोगले १७ वटा सूचकलाई आधार मानेर स्थानीय  तहको कार्यसम्पादन मूल्याङ्कनमा गर्दै आएको छ । आयोगले सार्वजनिक गरेको पछिल्लो मूल्याङ्कनमा  गेरुवा गाउँपालिकाले ४३.४२ अंक प्राप्त गरेको छ ।  बारबर्दिया नगरपालिकाले ५०.५१ अंक, राजापुर नगरपालिकाले ६१.२४ अंक, बढैयाताल गाउँपालिकाले ६१.५० अंक प्राप्त गरेको छ । 

cld

त्यसैगरी  मधुवन नगरपालिकाले ६१.६६ अंक, ठाकुरबाबा नगरपालिकाले ६२.९८ अंक प्राप्त गरेको छन् । भने बाँसगढी नगरपालिकाले ६२.१३ अंक र गुलरिया नगरपालिकाले ७२.८१ अंक प्राप्त गरेको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

स्थानीय तहले आफ्नो क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्था, स्थानीय तहको गत आर्थिक वर्षको विनियोजित बजेट अनुसार खर्चको अवस्था, आर्थिक वर्ष २०८०/०८१  को कुल लेखा परीक्षणबाट औलाएको बेरुजुको अवस्था, स्थानीय तहले आवधिक योजना  तर्जुमा गरेनगरेको, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरेनगरेको लगाएको आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन हुँदै आएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.