bardiyahospital

अनाथ तथा असहाय बालबालिकालाई नेपाली सेनाको सहयोग 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको मधुवन नगरपालिका– १, पत्थरबोझीमा रहेका सरस्वती आधारभूत विद्यालयका अनाथ तथा असहाय बालबालिकालाई जबर जंग गणले खाध्य, खेलकुदका र स्टेसनरीको सामग्री सहयोग गरेको छ ।

cld

प्रत्येक वर्ष नेपाली सेनाले महाशिवरात्रिको दिनलाई आफ्नो वार्षिक उत्सवको रूपमा मनाउँदै आएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ जबर जंग गणका गणपति प्रमुख सेनानी दीपेन्द्र शाहीले नेपाली सेनाको २६३ औँ वार्षिकोत्सवको अवसर पारेर ३५ जना बालबालिकालाई सहयोग गरिएको बताउनु भयो । उहाँले भन्नुभयो,  ‘महाशिवरात्रिको तथा नेपाली सेनाको स्थापना दिवस पारेर विद्यालयमा बस्ने बालबालिकालाई दैनिक भान्सामा प्रयोग हुने दाल, चामल, चिनी, मसला, तेललगायतको सामग्री वितरण गरिएको छ । त्यसैगरी विद्यार्थीलाई पठनपाठनका लागि आवश्यक पर्ने कापी, किताब, पेन्सिल, पेन र खेलकुदमा सामग्री दिइएको छ ।’

बर्दिया राष्ट्रिय निकुञ्जमा संरक्षण अधिकृत एवं  सूचना अधिकारी सरोजमणि पौडेलले नेपाली सेनाले अनाथ र असहायको बालबालिकाको आवश्यकतालाई पहिचान गरेर गरेको सामग्रीले बालबालिका सहयोग पुग्ने बताउनु भयो । उहाँले भन्नुभयो,  ‘अनाथ र असहायको बालबालिकाको साथमा नेपाली सेना छ भन्ने सन्देश आजको कार्यक्रमले दिएको छ । यस्ता रचनात्मक नेपाली सेनाले पटकपटक गर्दै आएको छ ’

विद्यालयमा अहिले ३५ जना अनाथ र असहाय बालबालिका बस्दै आएका छन् । विद्यालयमा बस्दै आएका बालबालिकालाई विभिन्न व्यक्ति, संघ–संस्था, सरकारी निकाय सहयोग गर्दै आएका छन् ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.