bardiyahospital

पाँचवटा खानेपानी टंकी निर्माणको काम अलपत्र

Geruwa GIF

प्रकाश पौडेल , गुलरिया । बर्दियामा निर्माण कम्पनीले समयमा काम नगर्दा खानेपानी टंकी निर्माणको काम अलपत्र परेको छ । निर्माण कम्पनीले समयमा काम नगर्दा पाँचवटा खानेपानी टंकी निर्माणको काम अलपत्र परेको हो । 

प्रदेश सरकारको लगानीमा बन्न लागेको खानेपानीको टंकी निर्माणको काम निर्माण कम्पनीले समय नगर्दा टंकी निर्माणको काम अलपत्र गरेको छ । निर्माण कम्पनीले निर्माणको जिम्मा लिने तर काम नगर्ने परिपाटीले गर्दा खानेपानी आयोजनाको काम अलपत्र परेका छन् ।

cld

यादव कन्स्ट्रक्सन गुलरियाले समयमा काम नगर्दा बारबर्दिया नगरपालिका, २ जोगीगाउँमा रहेको जोगीगाउँ खानेपानी आयोजनाको टंकी निर्माणको काम, बढैयाताल गाउँपालिका, १२ मा रहेको खानेपानी आयोजनाको टंकी निर्माणको काम, गुलरियामा रहेको गुलरिया – १२ मा रहेको खानेपानी आयोजनाको टंकी निर्माणको काम बारबर्दिया नगरपालिका, ९ मा रहेको धधवार खानेपानी आयोजनाको टंकी निर्माणको काम सम्पन्न हुन नसकेको खानेपानी तथा सरसफाइ कार्यालयका सब ९ इन्जिनियर सूचना अधिकारी राजेश जैशीले बताउनु भयो । 

त्यसैगरी यादव दुर्बासा जेभीले निर्माणको जिम्मा पाएको बढैयाताल गाउँपालिका, १ मा रहेको जमुनी – ५ खानेपानी आयोजनाको टंकी निर्माणको काम पनि अलपत्र परेको उनले जानकारी दिनुभयो ।खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख खगेन्द्र खत्रीले टंकी निर्माण गर्नका पटक पटक पत्राचार गर्दा पनि  निर्माण कम्पनीले काम  गर्ने चासो नदेखाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘टंकी निर्माणको काम समयमा नहुदाँ उपभोक्ताहरू खानेपानी पिउनबाट बञ्चित हुनुपरेको छ ।’

बढैयाताल गाउँपालिका २ फुटाहामा रहेको १, २, ३, ४, ५, ७ र ९ खानेपानी उपभोक्ता समितिका अध्यक्ष धन बहादुर कार्कीले खानेपानी आयोजना स्थलमा पर्खाल निर्माणको काम, पम्प हाउस निर्माणको काम, बोरिङ निर्माणको काम सकिएको बताए । उनले भने, ‘ खानेपानीको आयोजनाको लागि करिब ४ वर्ष अगाडि बजेट परेर टंकी निर्माणको ठेक्का सम्झौता भएपनि निर्माण कम्पनीले काम नगरिदिँदा टंकी निर्माणको काम अलपत्र परेको छ ।’

यादव कन्स्ट्रक्सन गुलरियाका निर्माण व्यवसायीले अहिले खानेपानीको टंकी निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको बताउनु भयो । उहाँले भन्नुभयो, टंकी निर्माणको कामको भुक्तानी समयमा नहुँदा पनि काममा ढिलाई भएको हो । गत वर्ष आर्थिक २०८१/०८२ मा सरकारले काम गरे बापतको भुक्तानी कार्यालयले दिन सकेन । चालु आर्थिक २०८२÷०८३ मा कतिपय आयोजनाको संघिय ससर्तको बजेट समेत कटौती भएको छ । सरकारले कामको भुक्तानी समयमा दिएमा करिब एक महिनामा बाँकी रहेको काम गर्न पुरा हुन्छ ।’

अलपत्र परेको खानेपानी आयोजना ठेक्का  २०७८ असार ४  गते सम्झौता भएको थियो । सम्झौता अनुसार टंकी निर्माणको काम २०७९ भदौ ४ गते सक्नुपर्ने थियो । टंकी निर्माणको काम समयमा नसकिदाँ पटक पटक आयोजनाको म्याद थपिएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.