bardiyahospital

बढैयाताल गाउँपालिका बन्यो बर्दियाको पहिलो छुवाछुत मुक्त पालिका

Bidhut Notice

दलबहादुर सुनार / बढैयाताल । बर्दियाको बढैयाताल गाउँपालिका जातीय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा भएको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले आज एक समारोहका बीच पालिकालाई छुवाछुत मुक्त पालिका घोषणा गर्नु भएको हो ।

बर्दिया जिल्लाका आठवटा पालिका मध्ये बढैयाताल गाउँपालिकाले दलितका सवालमा काम गर्ने गैर सरकारी संघ सस्था र दलति अधिकारकर्मिहरुको समन्वय र सहकार्यमा पालिकालाई बर्दिया जिल्लामा जातीय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा गरि पहिलो पालिका बनेको हो ।

पालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले आजको दिन जातीय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा भएकोले पालिकामा जातिय विभेद नहुने बताउदै यदि कसैले उलंघन गरेमा कानुन बमोजिम कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नेपालको संबिधान ऐन कानुन नियममा उल्लेख भएकाु छुवाछुत विरुद्ध बनेका कानुनको पूर्ण रुपमा कार्यान्वयन गर्न र गाउँपालिका लाई जातीय विभेद र छवाछुत मुक्त गाउँ पालिका बनाउने संकल्प समेत गर्नु भयो ।

बिभिन्न नारा र पञ्चे वाजा सहित मैनापोखर बजार परिक्रमा गरि घोषणा सभामा प्रबेश गरेको सभामा स्थानिय जन प्रतिनिधि राजनितक दलका प्रतिनिधि,दलित अधिकार कर्मि , मानब अधिकारकर्मी नागरिक समाज, शिक्षक , बिद्यार्थी लगाएत झण्डै पाँच सयको सहभागिता रहेको थियो ।

घोषणा सभाका प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले उद्धघाटन गर्नु भएको सभामा नेकपा एमाले बढैयातालका सचिब प्रेमराज त्रिपाटी, नेपाली कांग्रेसका बढैयातालका सभापति भगत नेपाली , नेकपा माओबादीका राम बहादुर परियारले आफनो पार्टीले घोषणा सभाको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

दलित युवा नेता गुम बहादुर परियार , महिला अधिकार कर्मि शान्ती अधिकारी लगाएतले भेदभाब जा अन्त्यका लागि घोषणा गरेर मात्र नहुने भन्दै घोषण गरेका कुराहरु ब्यबहारमा लागु गर्नु पर्नेमा जोड दिएका थिए ।

दलित महिला संघकी केन्द्रिय सचिव तथा बर्दिया जिल्ला अध्यक्ष हेमा सुनारले संचालन गुर्न भएको घोषणा सभामा बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष दिपाकुमारी गौतमले स्वागत गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.