bardiyahospital

गहुँमा आत्मनिर्भर बन्दै बर्दिया

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया जिल्ला पछिल्लो समयमा गहुँमा आत्मनिर्भर बन्दै गएको छ। कृषिमा आधुनिकीकरण र सिँचाइको सहज उपलब्धता भएसँगै बर्दिया गहुँमा आत्मनिर्भर बन्दै गएको हो।

जिल्लामा प्रतिहेक्टर ३. १७ मेट्रिक टन गहुँ उत्पादन हुने गरेको एकीकृत पशुपक्षी विकास कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा २३ हजार २३५ हेक्टर जमिनमा गहुँ खेती भएको छ। त्यसअघि आर्थिक वर्ष २०८०/०८१ मा २३ हजार ३३५ हेक्टर तथा आर्थिक वर्ष २०७९/०८० मा २२ हजार ९ सय हेक्टरमा गहुँ खेती भएको तथ्याङ्क छ।

cld

विगतको तुलनामा सिँचाइको सहज पहुँच र आधुनिकीकरणसँगै किसानहरू गहुँ खेतीतर्फ आकर्षित भएका हुन्। राजापुर नगरपालिका– ८ भिम्मापुरका पहाडी थारूले गहुँलाई कम सिँचाइ भए हुने भएकाले पनि गहुँ खेती गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले २२ बिघामा गहुँ खेती गरेको छु। गत वर्षभन्दा अहिले गहुँ राम्रो छ। मैले प्रत्येक वर्ष ३ बाली भित्र्याउने छु।’

यसैगरी, गेरुवा गाउँपालिका– ३ बनकटीका रणबहादुर कडायतले पनि ३ बिघामा गहुँ खेती गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय जनशक्तिको अभाव हुँदै गएको छ। गहुँ खेतीमा भने धेरै जनशक्ति नचाहिने भएको हुँदा पनि गहुँ खेती गरेको हुँ। कम लागतमा उत्पादन पनि राम्रो हुन्छ।’

गेरुवा गाउँपालिका– ५ सुखारका प्रभुराम चौधरीले पनि दुई बिघामा उन्नत जातको गहुँ लगाएका छन्। रासायनिक मल नपाउँदा र पालिकामा हुने विकासे कामले सिंचाइमा समस्या हुने भएकाले गहुँ खेती रोजेको बताउनु भयो । 

जिल्लाका किसानहरूले बोरलङ २०२०, जिङ–२, वाणगङ्गा, विजय, गौतम बि।एल ४८१८, १२१२ र एनएल जातका गहुँ लगाउने गरेका एकीकृत कृषि तथा पशुपक्षि विकास कार्यालयका कृषि प्राविधिक अधिकृत एवं  सूचना अधिकारी  फिर्तुमान चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गहुँ लगाउने किसान बढेसँगै जिल्ला गहुँमा आत्मनिर्भर भएको छ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.