bardiyahospital

थारू समुदायको भान्सामा पाइने डोक्नी अन्य समुदायको रोजाइमा पर्न थाल्यो

Geruwa GIF

कृष्णसार अनलाइन । थारू समुदायको भान्सामा प्रयोग हुँदै आएको डोक्नी पछिल्लो समय अन्य समुदायको रोजाइमा पर्न थालेको छ । थारू समुदायको भान्सामा प्रयोग हुँदै आएको काठबाट निर्माण गरिएको डोक्नी पछिल्लो समय अन्य समुदायको रोजाइमा पर्न थालेको हो ।

परम्परागत रूपमा थारू समुदायले अचार बनाउन र मसला पिस्न डोक्नीको प्रयोग गर्दै आएका थिए । डोक्नीमा पिसेको अचार स्वादिलो हुने भएकोले पनि डोक्नी धेरैको रोजाइमा पर्न थालेको छ।

cld

डोक्नी विशेष गरी सिसौ, पाननको काठबाट बन्ने गरेको गेरुवा गाउँपालिका– ४, बिहानी बजारका कैलाश वैधले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय डोक्नीको माग बढ्दै गएको छ, तर सजिलै डोक्नी बनाउने काठ पाइँदैन । त्यही मागअनुसार डोक्नी पुर्‍याउन सकेको छैन ।’ 

‘डोक्नीको साइज हेरेर बिक्री गर्ने गरेको छु । काठ पाइएमा दैनिक तीनवटासम्म डोक्नी बनाउन सकिन्छ, तर काठ सजिलै पाइँदैन,’ उहाँले भन्नुभयो।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.