bardiyahospital

शिक्षण पेसाबाट सेवा निवृत्त भएर घर जाँदैगर्दा विद्यालयका शिक्षकले गरे अक्षय कोषको घोषणा 

Geruwa GIF

कृष्णसार अनलाइन । शिक्षण पेसाबाट सेवा निवृत्त हुँदै गर्दा बर्दियाका एकजना शिक्षकले अक्षय कोष स्थापनाको घोषणा गर्नु भएको छ  पेसाबाट सेवा निवृत्त हुँदैगर्दा गेरुवा गाउँपालिका, ४  गिदरपुरमा रहेको  नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रधानाध्यापक हंसबहादुर धामीले  अक्षय कोष स्थापनाको घोषणा गर्नु भएको हो 

धामीले विद्यालयको शैक्षिक सुधारको लागि एक लाख अक्षय कोषको घोषणा गरेका छन्। शिक्षण पेसामा करिब ३४ वर्ष बिताएका धामीको योगदान शिक्षा क्षेत्रमा महत्त्वपूर्ण रहेको छ। नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रधानाध्यापक हंसबहादुर धामीले विद्यालयको प्रधानाध्यापक भएर काम  गर्दै विद्यालयको शैक्षिक वातावरण सुधार निम्ति आफूले सकेको काम गरेको बताउनु भयो । 

cld

उहाँले भन्नुभयो, ‘ विद्यालयमा विद्यार्थीसँग लामो समय बिताए। त्यही भएर विद्यालय र विद्यार्थीको धेरै माया लाग्छ। शिक्षण पेसाबाट अवकाश लिँदैगर्दा विद्यालयको सुधारको निम्ति केही गर्नुपर्छ  भन्ने लागेर छात्रवृत्ति कोष स्थापनाको लागि एक लाख रुपैयाँको अक्षय कोषको स्थापना गरेको छु। अक्षय कोषबाट आएको ब्याजबाट जेहेन्ददार विद्यार्थीलाई छात्रवृत्ति  दिइनेछ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.