

बर्दिया (गुलरिया)- धान र गहुँको कारोबार गर्ने भन्दै नगद ठगी गरेर फरार भएका दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ठगीको आरोपमा पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका—४, अस्नेरीका ललित खड्का र बाँके कोहलपुर—३, मदन चोकका महेश रोकाय रहेका छन् ।
जिल्लाका विभिन्न किसानहरुबाट उनीहरुले ३७ लाख ४७ हजार ५ सय ८५ रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादु शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुलरियाबाट पक्राउ परेका खड्का र रोकायले धान र गहुँ कारोबार गर्ने भन्दै किसानबाट रकम उठाएका थिए । पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक शाहीले बताउनु भयो ।