
कृष्णसार अनलाइन । बर्दियामा विद्यार्थीलाई फोहोरमैला व्यवस्थापन गर्नका लागि आवश्यक सीप सिकाइएको छ । विद्यालय तथा घरमा निस्किने फोहोर मैला व्यवस्थापन गर्नका लागि ५ वटा विद्यालयका विद्यार्थीलाई सीप सिकाइएको हो ।
तालिममा सहभागी तालिममा मधुवन नगरपालिका १ मा रहेको सूर्यपटुवामा रहेको त्रिभुवन माध्यामिक विद्यालयका विद्यार्थी नवीन थारूले विद्यालय हाताभित्र पाइने फोहोरबाट सजावट सामाग्री बनाउने सिकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ हामीले फाल्ने फोहोरलाई उचित रुपमा व्यवस्थापन गर्न सकेमा मल, लगायत विभिन्न सजावट सामाग्री बनाउन सकिने रहेछ । फोहोर व्यवस्थापन गरी जैविक मल बनाउन सकेमा मलको अभाव पनि कम गर्न सकिने रहेछ ।’

त्यसैगरी तालिममा सहभागी पार्वती आचार्यले फोहरबाट मोहर बनाउने सीपलाई व्यवहारिक रुपमा सिकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ तालिममा सिकेको सीपलाई विद्यालयका अन्य साथीहरूलाई पनि सिकाएर व्यवस्थापन गर्न लाग्नेछु ।’
युरोपियन युनियन युथ काउन्सिल बोर्ड सदस्य आरतीकुमारी रावतले फोहोर व्यवस्थापन बारेको सिकेको सीप प्रयोग गरेर कतिपय विद्यालयहरूले नमुना काम गर्दै आएको भन्नुभयो । उहाँ भन्नुभयो , ‘ तालिममा विद्यार्थीलाई कुहिने र नकुहिने फोहोर अलग अलग गरेर राख्न लगाइन्छ । त्यसपछि कुहिने फोहोर मल बनाउने तरिका सिकाइन्छ । नकुहिने फोहोरलाई सजावट सामाग्री बनाउन लगाइन्छ ।’
विद्यार्थी जीवनमा सिकेको ज्ञान र सीप दीर्घकालिक र प्रभावकारी हुने भएको हुँदा विद्यार्थीलाई फोहोर व्यवस्थापन गर्न सिकाइएको सम्वर्दन परियोजनाका फिल्ड सहजकर्ता लोकराज परियारले बताउनु भयो । ‘ अहिले विद्यालयको प्रतिनिधित्व हुने गरी विद्यार्थीलाई सहभागी बनाएको छौँ ।’ उहाँले भन्नुभयो , ‘ तालिमका सिकेको ज्ञान र सीपलाई विद्यार्थीहरू आफ्नो विद्यालयमा गएर अन्य साथीहरूलाई सिकाएर विद्यालयलाई फोहोर व्यवस्थापनमा नमुना बनाउनु खोजेका छौँ ।’
तालिममा मधुवन नगरपालिका १ मा रहेको सूर्यपटुवामा रहेको त्रिभुवन माध्यामिक विद्यालय, मधुवन नगरपालिका, २ मा रहेको बगालीपुर मञ्जु श्री माध्यामिक विद्यालय र मधुवन नगरपालिका– ३, धनौरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ठाकुरबाबा र नगरपालिकामा रहेको ९ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरू सहभागी रहेका थिए ।
परियोजना युरोपियन युनियन र अष्ट्रियन डेभलपमेन्ट कोअपरेसनको आर्थिक सहयोगमा, आड्रा नेपालको नेतृत्वमा, एन्साब नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ( फेकोफन ) र भेरी वातावरणीय विशिष्टता समूह (बी–गुरुप) बाँकेको सहकार्यमा सञ्चालन भइरहेको छ ।


