
बिशाल बस्नेत, गुलरिया । बर्दियामा विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा सचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ । गुलरिया नगरपालिका, ४ मा रहेको कोटही माद्यामिक विद्यालयमा विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा सचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ ।
प्रत्येक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवश मनाउने गरिन्छ । यस वर्ष ‘ हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान मूल नाराको साथमा विश्व क्षयरोग दिवश’ मनाउने तयारी गरिएको छ ।

विश्व क्षयरोग दिवशको पूर्व संन्ध्यामा बिधालय सडक नाटक देखाएर जनचेतना जनाउने उदेश्यले आयोजना गरिएको बिराट नेपाल मेडिकल ट्रस्टका जिल्ला परियोजना संयोजक कर्णध्वज चन्द बताउनु भयो । उहाँले भन्नुभयो, ‘विश्व क्षयरोग दिवशमा पारेर विद्यालय शिक्षा कार्यालय, समुदाय स्तरमा क्षयरोगको खोजपडताल गर्ने कार्यक्रम रहेको छ ।’


