
प्रकाश पौडेल, गुलरिया । बर्दियामा ५२ वर्षीय डिल्ली कडायतको हत्या कसुरमा २९ वर्षीय छोरा नरेश कडायतलाई १५ वर्ष कैद सजाय सुनाएको छ। बर्दिया जिल्ला अदालतले गेरुवा गाउँपालिका– ५ झबहीका डिल्लीको हत्या आरोपमा छोरा नरेशलाई दोषी ठहर गरेको हो।
अदालतका न्यायाधीश डल्लुराम चौधरीको शुक्रबारको इजलासले नरेशलाई १५ वर्ष कैद, एक लाख ५० हजार जरिवाना र ५ लाख क्षतिपूर्ति फराउने फैसला गरेको अदालतका श्रेस्तेदार कमल घलेले जानकारी दिनुभयो ।

नरेशले बुवालाई ०८२ साउन १८ गते बिहान साढे ५ बजेतिर टाउको र यौनाङ्गमा हानेर घाइते बनाएका थिए। डिल्लीको नेपालगञ्जमा उपचारका क्रममा भदौ ४ गते मृत्यु भएको थियो। नरेशकी आमा गुमादेवी कडायतले नरेश विरुद्ध इलाका प्रहरी कार्यालय पाताभारमा उजुरी दिनु भएको थियो । प्रहरीले नरेशलाई साउन १८ गते नै पक्राउ गरी भदौ १२ गते जिल्ला सरकारी वकिलको कार्यालयले ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरेको थियो।


