
कृष्णसार अनलाइन । बर्दियाको गुलरियामा जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि सरोकारवाला निकायको अन्तरसम्वाद गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जातीय भेदभाव तथा छुवाछूत विरुद्धको कार्यक्रम मनाइ रहँदा जिल्लामा सरकारी, गैरसरकारी निकाय कहाँ कति विभेद त्यो विवरण आएको भए त्यसलाई सुधार गर्न मदत मिल्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ विगत दिनमा भन्दा अहिले भेदभाव घटना निकै कम भएको छ । अझै यसलाई कम गर्न समाजको सबै निकाय लाग्नुपर्छ । जातीय विभेद अन्त्य गर्न व्यक्तिको सोचाइ र व्यवहार परिवर्तन हुन आवश्यक छ ।’

गुलरिया नगरपालिकाको उपप्रमुख साबित्रा गौतमले जातीय भेदभाव अझै पनि हुन सक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ गाउँघरमा गएर समुदाय सचेत बनाउन आवश्यक रहेको छ । यस्ता कार्यक्रम शहर भन्दा गाउँघरमा गर्न जरुरी रहेको छ । पालिकाले पनि यस्ता खालको कार्यक्रम गर्दै आएको छ ।’
जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, नागरिक समाज, अधिवक्ता र पत्रकार लगायत सरोकारवाला निकायसँग अन्तरसम्वाद गरिएको दलित महिला संघकी हिमा सुनारले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘समुदायको न्यायमा पहुँचका राज्य संरचनाको प्रभावकारी परिचालन हुनुपर्छ भन्ने राष्ट्रिय नारा रहेको छ, त्यो नारालाई पूर्ण रुपमा कार्यान्वयन हुन जरुरी छ । भने दलित समुदायले वर्षौंदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्य हुनुपर्छ भन्ने हो । जातको आधार कोरिएको विभाजन रेखा मेट्नु पर्छ ।’
पत्रकार मंहासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले समाजमा हुने हरेक प्रकारको विभेदको पत्रकारले कलम चलाउँदै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पत्रकारले कलम चलाउँदा समाजमा हुने हरेक गतिविधि नजिकबाट नियालेर तटस्थ भएर कलम चलाउदै आएका छन् ।’
बर्दिया जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष खडानन्द तिवारी जातको आधारमा कसैले भेदभाव नहुने कानुनी व्यवस्था भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ कानुनले जातको आधारमा विभेद गरेको छैन् । कानुनको दृष्टिकोणमा सबै नागरिक समाज हुन । जातको आधारमा भेदभाव भएका कानुन बमोजिम कार्वाही हुन्छ ।’
अन्तरसम्वाद कार्यालय दलित महिला संघ र बर्दिया जिल्ला अदालत बार एशोसिएसनको आयोजना गरिएको थियो


