bardiyahospital

ट्राफिक प्रहरीले कागजात चेकजाँच गरेको भन्दै इ–रिक्सा चालक आन्दोलित

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको गुलरियामा ट्राफिक प्रहरीले लाइसेन्सलगायतका कागजात चेकजाँच गर्दा प्रत्येक पटक जरिवाना तिर्नुपरेको भन्दै इ–रिक्साचालकहरूले आन्दोलन गरेका छन्।ट्राफिक प्रहरीले कागजात चेकजाँच गर्दा प्रत्येक पटक जरिवाना तिराएको भन्दै पालिकाभित्रका करिब दुई सय चालकले गुलरिया नगरपालिकाको हाताभित्र इ–रिक्सा पार्क गरेर आन्दोलन गरेका हुन्।

गुलरिया नगरपालिका– ४, तुलसीपुरका चालक दलबहादुर सुनारले ट्राफिक प्रहरीले विभिन्न ठाउँमा छड्के चेक गरेर दुःख दिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘इ–रिक्सा चालकको पनि सवारीचालक अनुमतिपत्र हुनुपर्छ भन्ने कुरा ठिक हो। तर, सवारीचालक अनुमतिपत्र लिन निकै समस्या छ। फारम कहिले खुल्छ भन्ने टुंगो हुँदैन। कम्तीमा गुलरिया नगरपालिकामा नै यातायात कार्यालय भए सहज हुने थियो।’

cld

गुलरिया नगरपालिका– ८ का प्रदीपकुमार चौधरीले ५ वर्षदेखि इ–रिक्सा चलाएर परिवारको गुजारा चलाउँदै आएको बताउनु भयो । उहाँ पनि गुलरियाबाटै लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने बताउनु हुन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख सन्दीप बेलबासेले जिल्लाभित्र चल्ने कतिपय इ–रिक्सा र अटो रिक्साको नम्बर प्लेट र लाइसेन्स तथा रुट पर्मिटसमेत नभएको बताउनु भयो ।इ–रिक्साचालकको आन्दोलनपछि पालिकामा भएको बैठकले चालकले नम्बर प्लेट नभएको रिक्सामा नम्बर प्लेट राख्ने, लाइसेन्स नभएकाले लाइसेन्स निकाल्न फारम भर्ने र रुट पर्मिट लिने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.