bardiyahospital

निर्माण कम्पनीको लापरबाहीले करिब दुई वर्षमा समेत बन्न सकेन कोल्ड स्टोर

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको गेरुवा गाउँपालिकामा रहेको कोल्ड स्टोर निर्माणको काम निर्माण कम्पनीको लापरबाहीले करिब दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। गेरुवा गाउँपालिका, ३ बालुवाटारमा रहेको कोल्ड स्टोर निर्माणको काम निर्माण कम्पनीको लापरबाहीले करिब एक वर्ष १० महिनादेखि अलपत्र अवस्थामा रहेको हो।

कोल्ड स्टोरमा निर्माणको जिम्मा अग्रिम उन्नती निर्माण सेवाले २१ जेठ ०८१ मा पाएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले कोल्ड स्टोर निर्माणको काम ३१ चैत ०८१ मा सक्नुपर्ने थियो । तर, निर्माण कम्पनीले सम्झौताअनुसार समयमा काम नगरेपछि कोल्ड स्टोरको काम गर्न गराउन पालिकाले २५ मंसिर २०८२ सम्म म्याद थप गरेको भए पनि निर्माण कम्पनीको कोल्ड स्टोरको थपिएको म्यादमा पनि सम्पन्न हुन नसकेको पालिकाका प्रमुख बस बहादुर रानाले बताउनु भयो ।

cld

निर्माण कम्पनीले अहिलेसम्म करिब १५ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, , ‘कार्यालयले निर्माण कम्पनीलाई समयमा काम गराउनका लागि पटक पटक ताकेता समेत गरेको छ। तर, निर्माण कम्पनीले काम नगरेपछि ठेक्का तोड्ने तयारीमा पालिका पुगेको छ ।

निर्माण कम्पनीले कोल्ड स्टोरको निर्माणको ठेक्का एक करोड ३६ लाख ८१ हजार दुई सय रुपैयाँमा प्राप्त गरेको पालिकाले जनाएको छ। सार्वजनिक खरिद नियमावली ०७४ ले पूर्वनिर्धारित समयमा काम नगर्ने आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीलाई जरिवाना र ठेक्का रद्द गर्न सक्ने व्यवस्था समेत रहेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.