bardiyahospital

चार वर्ष बित्दासमेत बनेन करिब पाँच सय मिटर कालोपत्रे सडक

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका– २ मा रहेको कृष्णसारमा जाने निर्माणाधीन कालोपत्र सडक करिब चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। गुलरिया नगरपालिका– २ को हुलाकी सडकदेखि कृष्णसार जाने करिब पाँच सय मिटर निर्माणाधीन कालोपत्रे सडक निर्माणको काम करिब चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

गुलरिया नगरपालिका– २ का सञ्जयकुमार गुप्ताले चार वर्ष अगाडिबाट सुरु भएको बाटो निर्माणको काम अहिलेसम्म बन्न नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्माण कम्पनीले सुरुबाट बाटो निर्माणको काममा ढिलासुस्ती गर्दै आयो । सुरुमा नै कालोपत्रे गरिएको बाटोमाथि ढुंगामाथि निर्माण कम्पनीले गिट्टी हालेपछि प्राविधिक टोलीले गिट्टी हटाउन लगाएको हो ।’

cld

सडक कालोपत्रेको जिम्मा एमएस भट्टराई कन्स्ट्रक्सन नेपालगन्जले २८ पुस ०७८ मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले सडक कालोपत्रेको ३० असार ०७९ मा सक्नुपर्ने थियो । तर, निर्माण कम्पनीले सम्झौताअनुसार समयमा काम नगरेपछि आयोजनाको म्याद २८ वैशाख ०८२ सम्ममा काम सम्पन्न गर्नुपर्ने गरी म्याद थप गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना बाँकेका आयोजना प्रमुख राजु न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘निर्माण कम्पनीले अहिलेसम्म ५१ प्रतिशत काम गरेको छ । यो वर्ष बजेट विनियोजन नभएको हुँदा सरकारसँग बजेट विनियोजनका लागि मन्त्रालयसँग माग गरिएको छ ।’

निर्माण कम्पनीले सडक कालोपत्रे निर्माणको ठेक्का एक करोड १६ लाख २८ हजार ५७४ रुपैयाँमा प्राप्त गरेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कम्पनीका अनुसार सडक कालोपत्रे गर्नेबाहेक सम्पूर्ण काम सकिएको छ । निर्माण कम्पनीले बजेटको सुनिश्चितता गरे सडक कालोपत्रेको काम समयमा सम्पन्न हुन्छ । त्यसका लागि कार्यालयले पनि बजेट माग गरिरहेको जनाएको छ ।

सार्वजनिक खरिद नियमावली, २०७४ ले पूर्वनिर्धारित समयमा काम नगर्ने आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीलाई जरिवाना र ठेक्का रद्द गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.