bardiyahospital

क्षयरोग रोकथाम तथा नियन्त्रणका लागि सबैको सहकार्य अपरिहार्य – लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री सारु मगर

Geruwa GIF

कृष्णसार अनलाइन । दाङको राप्ती गाउँपालिका मसुरियामा सम्पन्न भएको विश्व क्षयरोग दिवस २०२६ को अवसरमा  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री  खेम बहादुर सारु मगरले क्षयरोग रोकथाम तथा नियन्त्रणका लागि सबैको सहकार्य अपरिहार्य रहेका बताउनु भएको छ।

कार्यक्रममा बोल्दै मन्त्री सारू मगरले क्षयरोग रोकथामका गर्नका लागि समुदायमा सचेतना, रोगको पहिचान स्वास्थ्य उपचार,  परिवार लगायत अन्य सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । समुदायमा जनस्वास्थ्यको चेतनाको अभावमा क्षयरोगीलाई गरिने व्यवहार परिवर्तन हुन नसकेको र क्षयरोगको बारेमा गलत बुझाइ रहेको समुदायमा जनचेतनाका कार्यक्रमहरू गर्न जरुरी रहेको छ ।सरकारले क्षयरोगको जाँच निःशुल्क  तथा उपचारको व्यवस्था गरेको  हुँदा क्षयरोग लागेको बिरामीलाई उपचार  सेवाको लिन समेत मन्त्री सारू मगरले आग्रह गर्नुभयो ।

cld

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार प्रति एक लाखमा  आर्थिक वर्ष २०८१/०८२ मा १५१ जना, २०८०/०८१ मा १६४ जना र २०७९/०८० मा १५८ जनामा क्षयरोग देखिएको थियो । तर क्षयरोगको उपचार सफलता दर भने आर्थिक वर्ष २०८१/०८२ मा ९४ प्रतिशत, २०८०/०८१ मा ९४ प्रतिशत र २०७९/०८० मा ९३ प्रतिशत रहेकोले क्षयरोगको उपचार प्रभावकारी देखिन्छ ।

स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरूको समन्वय  तथा स्थानीय तहहरूको आयोजना र विराट नेपाल मेडिकल ट्रस्ट ( BNMT)  नेपालको प्राविधिक सहयोगमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहहरूमा AI X- Ray  विधिद्वारा क्षयरोगको सक्रिय खोजपडताल शिविर ६५ स्थानमा सम्पन्न भइसकेको  र अन्य ६८ स्थानमा ज्येष्ठ मसान्त भित्र उक्त शिविर सम्पन्न गर्ने योजना रहेको छ ।लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चारकर्मी, क्षयरोगका बिरामी र अन्य सरोकारवालासँग अन्तरक्रिया गरेर विश्व क्षयरोग दिवस मनाइएको थियो। 

राप्ती गाउँपालिकाका दाङका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारू मगरको प्रमुख अभिभावकत्वमा सम्पन्न भएको विश्व क्षयरोग दिवस २०२६ मा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले स्वागत मन्तव्य र स्वास्थ्य निर्देशनालयका क्षयरोग कार्यक्रम फोकल पर्सन कृष्ण गोपाल चौधरीले सहजीकरण गर्नु भएको थियो।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.