bardiyahospital

प्रधानमन्त्री र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै अनेक टिकाटिप्पणी

Geruwa GIF

कृष्णसार अनलाइन । प्रधानमन्त्री र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै अनेक टिकाटिप्पणी हुन थालेको छ । सामाजिक सञ्जाल भरी प्रधानमन्त्री र मन्त्रीको सार्वजनिक गरेको सुनको विषयमा अनेक टिकाटिप्पणी हुने थालेको हो ।  

सामाजिक सञ्जालका यतिका सम्पत्ति कहाँबाट आयो भनेदेखि लिएर पहिला नै कमाएर आएका हुन भन्नेसम्मको टिकाटिप्पणी हुने थालेको छ । धेरै जसो मन्त्रीले बुवा र बाजेको सम्पत्ति र दाइजो आएको सुन हो भनेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको एक सय ९० तोला, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको ४५ तोला ,परराष्ट्र मन्त्री शिशिर खनालको २२ तोला,  उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको १५ तोला, गृहमन्त्री सुदन गुरुङको ८९ तोला सुन रहेको छ । 

cld

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास मन्त्री सुनिल लम्सालको ३० तोला, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको १५ तोला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता वादीको १८ तोला संघीय मामिला तथा सामान्य प्रशासन; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री  प्रतिभा रावलको २५ तोला सुन रहेको छ । 

भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कप्रसाद पौडेलको ११ तोला, सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमल्सिनाको १९.५ तोला कृषि तथा पशुपक्षी विकास; वन तथा वातावरण मन्त्री गीता चौधरीको ५ तोला सुन स्वास्थ्य तथा जनसङ्ख्या ; खानेपानी मन्त्री  निशा महेताको ३०  तोला  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमार यादवको एक सय ८० तोला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको ८० तोला र शिक्षा विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको २५  सुन तोला रहेको  सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.