
प्रकाश पौडेल, गुलरिया । बर्दियाको राजापुर नगरपालिका रहेको खुल्ला व्यायामशालाको संरचना भाँचिदा समेत पालिकाले मर्मतका लागि चासो देखाएको छैन् । राजापुर नगरपालिका, ४ महेन्द्रपार्कमा रहेको खुल्ला व्यायामशालाको संरचना भाँचिदा समेत पालिकाले मर्मतका लागि चासो देखाएको छैन् ।
राजापुर नगरपालिका, ४ को वडा कार्यालय अगाडि बनेको खुल्ला व्यायामशाला निर्माण र पार्क मर्मतको काम पालिकाले कोटेसन मार्फत नौ लाख ९४ हजार दुई सय ३६ रुपैयाँमा गरेको थियो । नितेन एण्ड निरू कन्स्ट्रक्सनले ०८२ फागुन ५ गते सम्झौता गरेर ०८२ बैशाख ३१ गते सक्ने गरी खुल्लामा व्यायामशाला निर्माण र पार्क मर्मतको काम गरेको थियो । खुल्ला व्यायामशालाको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ( प्रचण्ड ) ले गर्नु भएको थियो । उद्घाटन भएको एक वर्ष नहुँदै भाँचिएको व्यायामशाला मर्मतको लागि पालिकाले चासो देखाएको छैन् ।
राजापुर नगरपालिका, ४ का वडा अध्यक्ष विदुर पोख्रेल व्यायामशाला निर्माण भएपछि दुई पटक मर्मत भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पालिकाले निर्माण गरेको खुल्ला व्यायामशाला मर्मतका लागि काम अगाडि बढेको छ । व्यायामशाला रहेका बिग्रिएको सामान मर्मत गर्नका लागि आवश्यक पर्ने सामान नआई पुगेर मर्मत रोकिएको हो । अब केही दिनमा नै व्यायामशाला मर्मतको हुन्छ ।’
खुल्ला व्यायामशाला सार्वजनिक सम्पत्ति भएको भएको हुँदा यसलाई संरक्षण गर्न सबैजना लाग्नुपर्ने अध्यक्ष पोख्रेल बताए ।
पालिकाको बजेटबाट बनेको यस्ता संरचनाको संरक्षण नहुँदा वर्षेनी लाखौ रुपैयाँको खेर गइरहेको छ । आवश्यकता भन्दा पनि व्यक्ति विशेषका रहरले यस्ता संरचना बन्ने गरेको छन् ।


