bardiyahospital

ठाकुरबाबा नगरपालिकाले  सरकारलाई चुनौती दिदैँ भोलिबाट भर्ना अभियान चलाउने 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले सरकारलाई चुनौति दिदैँ सरकारको निर्णय विपरित गएर भोलिबाट भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पालिकाको शिक्षा समितिले बैठक बसेर पालिकाले सरकारलाई चुनौति दिदैँ सरकारको निर्णय विपरित गएर भोलिबाट भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको  हो ।

  पालिकाले एक सूचना जारी गरेर भोलिबाट भर्ना अभियान सञ्चालन गर्ने बैशाख १५ गतेबाट पठनपाठन सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ । पालिकाले भोलिबाट बैशाख १४ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने, र १५ गतेबाट पठनपाठन हुने जनाएको छ । त्यसैगरी पूर्व प्राथमिक तह २ वर्षको मात्र गराइ सञ्चालन गर्ने, बालविकास केन्द्र १० बजेबाट ४ बजेसम्म विद्यालयमा सञ्चालन हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो  ।

cld

त्यसैगरी भर्ना  अभियानमा सबैजना शिक्षक अनिवार्य उपस्थितिमा भर्ना अभियान सञ्चालन हुने, १४ गतेभित्र कार्यतालिका बनाएर कक्षा  १ – ३ मा अनिवार्य शिक्षण गर्ने र १५ गतेभित्र विद्यार्थीहरूलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरी व्यवस्थापनगर्ने  पालिकाले प्रधानाध्यापकलाई  निर्देशन दिएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.