यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको मधुवन नगरपालिका ६ नं वडा कार्यालयले गुँरास माध्यमिक विद्यालयबाट एसइइ र नगरस्तरीय परिक्षामा उत्कृष्ट जिपिए ल्याउने छात्र र छात्रालाई सम्मान गरेको छ ।
आफ्नो वडा भित्र रहेको गँुरास माध्यमिक विद्यालयबाट कक्षा ८ को नगरस्तरीय परिक्षामा सहभागी भई उत्कृष्ट जिपिए ल्याउने दुई जना छात्र र छात्रालाई साईकल र सम्मान पत्र दिईएर सम्मान गरेको छ । त्यसैगरी सोही विद्यालयबाट एसइइमा सहभागी भई उत्कृष्ट हुने छात्र छात्रालाई ल्यापटप र सम्मानपत्र दिएर सम्मान गरेको छ । वडाले सञ्चालन गरेको वडाध्यक्ष विद्यार्थी प्रोत्साहन कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई सम्मान गरीएको हो ।
सम्मान हुने विद्यार्थीहरुमा कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने छात्र सुरज पुनमगर छात्रा आयुषा पौडेल रहेका छन् । त्यसैगरी एसइइमा उत्कृष्ट जिपिए ल्याएर सम्मान हुने छात्र राजविक्रम बोहोरा र छात्रा सिता विसि रहेका छन् ।
कार्यक्रममा मधुवन नगरपालिका ६ नं वडाका १० जना महिला स्वयंसेविकाहरुलाई समेत सम्मान गरीएको छ । स्वयम् सेविकाहरुलाई करुवा, पुजा सामाग्री र सम्मानपत्र दिईएर सम्मान गरीएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख नारायण खनालले वडाध्यक्षले सुरुवात गरेको यस कार्य आगामी दिनहरुमा पनि निरन्तरता पाउनु पर्ने बताउनु भयो । उहाँले अरु वडाध्यक्षहरुले पनि यस कार्यको अवलम्बन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका अतिथी एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेवालाल गौतमले विद्यार्थी प्रोत्साहन कार्यक्रमले विद्यार्थीहरुको मनोवल उच्च बनाउने कार्य गरेको बताउनु भयो । प्रधानाध्यापक केशव पौडेलले विद्यार्थीहरुको गुणस्तर बढाउनका लागि निक्कै नै सहयोग पुगेको बताउनु भयो । विद्यार्थीहरुको पुरुस्कार पाउनका लागि मेहनत गर्ने चाहना जोस र जाँगर बढाएको बताउनु भयो । उहाँले आधारभुत तहका कक्षा ५र ८, माध्यमिक तहको कक्षा १० र १२ लाई समेत पुरुस्कारको व्यवस्था गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो –‘विद्यार्थी प्रोत्साहन कार्यक्रम लोकप्रिय, ऐतिहासीक र सान्दर्भिक कार्यक्रम भएको बताउनु भयो ।’
कार्यक्रमका सभाध्यक्ष एवं मधुवन नगरपालिकाका ६ नं वडा कार्यालयका अध्यक्ष भक्तबहादुर सुनारले सबैको चाहना बमोजिम कार्यक्रमलाई अघि बढाउँदै लैजाने बताउनु भयो । उहाँले विद्यालयको विकासको लागि वडा नं ६ सँधै लागिरहने बताउनु भयो । विद्यालयलाई प्रदेशको मात्र नभएर नेपाल कै नमुना विद्यालय बनाउन सबै लाग्नु पर्ने बताउनु भयो ।