bardiyahospital

बर्दियामा बाघको आहारा प्रजातिको गणना

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको वन्यजन्तुको गणना सुरु गरिएको छ। निकुञ्जभित्र रहेका बाघको आहारा जरायो, बाह्रसिंगे, चित्तल, लगुना, रतुवा, बँदेल, बाँदरलगायत प्रजातिका वन्यजन्तुको गणना सुरु गरिएको हो।

निकुञ्जभित्र रहेका वन्यजन्तु आहारा प्रजातिको बर्दिया राष्ट्रिय निकुञ्जको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा गणना सुरु भएको कोषका प्रमुख अजित तुम्बाहाम्फेले बताउनु भयो ।उहाँले भन्नुभयो, ‘निकुञ्जमा रहेको बाघका लागि आवश्यक पर्ने आहारा प्रजातिको संख्या यकिन गर्न र निकुञ्जमा भएका बाघलगायत ठुलो जनावरलाई चाहिने आहाराको अवस्था पत्ता लगाउन गणना गर्ने गरिन्छ। बाघको गणना परेपछि आहारा प्रजातिको पनि गणना गरिन्छ।’

cld

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बाघ आहाराको प्रजातिको पहिचान गर्न र खाद्य सन्तुलन के–कस्तो अवस्थामा छ सोको पहिचान गर्न आहारा प्रजातिको गणना गर्ने गरिएको जानकारी दिनुभयो ।

आहारा प्रजाति गणना गर्न ३१ जना, पाँचवटा हात्ती र चारवटा मोटरसाइकलको परिचालन गरिएको छ। वैशाख ३१ गतेबाट सुरु भएको गणना २० दिनसम्म हुनेछ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.