bardiyahospital

पुर्खौली पेशालाई आधुनिकिरण गरेपछि फेरियो मधुको जीवन

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  युवा पुस्तालाई बाउबाजेले गर्दै आएको पुर्खौली पेशाप्रति खासै रुचि छैन् । अधिकांश युवाहरू आफ्नो पुर्खौली पेशाको बारेमा खुलेर चर्चा गर्न चाँदैनन् । उच्च शिक्षा आर्जन गरेका युवाहरू झन पुर्खौली पेशालाई हेय दृष्टिकोणले हेर्छन् । पुर्खौली पेशा गर्नुहुन्न भन्ने मान्यता राख्छन् । युवा पुस्ताको मनमस्तिष्कमा जागिर छ । जागिर नपाए बरु वैदेशिक रोजगारीका बाहिर जान्छु भन्ने भावना विकसित भइरहेको छ । मधुवन नगरपालिका ३ ओराली बजारमा २९ वर्षीय मधु विश्वकर्माले बाउबाजे गर्दै आएका पुर्खौली पेशा गरिरहनु भएको छ ।

मधुले बाउबाजेले गर्दै आएको पेशालाई आफ्नो मुख्य पेशा बनाउनु भएको छ । करिब ३ वर्ष अगाडीबाट मधुवन नगरपालिका ३ ओराली बजारमा आरन राखेर मधुले फलामका औजार बनाउने र मर्मत गर्ने काम सुरु गर्नुभयो । मधुले २०६९ सालमा एल।एल।सी।को परीक्षा उर्तिण गर्नुभयो । त्यसपछि उच्च शिक्षा पढ्नका लागि गुलरियामा रहेको बबई क्याम्पसमा भर्ना हुनुभयो । मधुले कक्षा ११ को परीक्षा दिनुभयो। घरको आर्थिक अवस्था कमजोर भएको हुँदा परीक्षा दिए लगतै कमाउनका लागि नुवाकोट जानुभयो, जसले गर्दा उहाँको पढाइ छुट्यो ।

cld

कमाउनु पर्ने बाध्यताले गर्दा पढाइ छुटेपछि मधुको जीवन फेरियो । पढ्ने चाहना हुँदाहुँदै पनि जीवनयापन गर्नुपर्ने र परिवारको पाल्नुपर्ने बाध्यताले गर्दा पढाइ पनि बीचमा छोड्नु परेको मधुले बताउनु भयो । पढाइ छोडेर कमाउन बाहिर गएको भएपनि घरमा आउँदा बुवाले पहिलेदेखि नै गर्दै आएको कामका सघाउने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ बुवाले घरमा नै कुटो, चक्कु खुडा, हलो कोदालो हँसिया, खुकुरी लगायत घरेलु औजार बनाउने गर्नु हुन्थ्यो । मैले बुवासँग काम गर्दा गर्दै कुटो, कोदालो हँसिया, खुकुरी बनाउन र मर्मत गर्न सिके । त्यसपछि ३ वर्ष अगाडिबाट ओराली बजारमा परम्परागत रुपमा भएपनि काम गर्नुपर्छ रूखमुनि बसेर यो काम गर्न थाले । यसरी काम गर्दा परिवारको साथमा हुने भएको हुँदा बाहिर जानुभन्दा घरमा बसेर काम गर्नु उचित लाग्यो । त्यहीँ भएर यहीँ बसे र काम गरे ।’

सुरु सुरुमा आरनमा घरायसी औजार लिएर मर्मत गर्ने मात्र आउने गर्थे । त्यसबेला मधुकोमा खासै धेरै र नयाँ काम आउँदैन् थियो । मधुसँग पनि घरेलु औजार बनाउने सीप छ, भनेर धेरैलाई थाहा थिएन । । यहाँ बसेर काम गरेर आएको पैसाले जीवनयापन भएपनि अरु खासै प्रगति हुन सकेको थिएन । मधुले आधुनिक तरिकाबाट घरेलु औजार बनाउन सकिन्छ भन्ने बुझ्नु भएको थियो । तर पैसा नहुँदा आधुनिक तरिकाबाट औजार निर्माण गर्न सक्नु भएको थिएन । आर्थिक अवस्था कमजोर भएको हुँदा औजार निर्माण गर्ने कामलाई आधुनिकीकरण गर्ने मेसिन खरिद गर्न सक्नु भएको थिएन् ।

आफूले सोचे जस्तो नभएपछि मधु पनि दाइ जस्तै विदेश जाने तयारीमा गर्दै हुनुहुन्थ्यो। आफूले जानेको कामबाट खासै आम्दानी नभएपनि मधु निराश हुँदै त्यहीँ काम गर्दै आउनु भएको थियो। आफ्नो ज्ञान र सीपलाई प्रयोग गरिरहनु भएको थियो । उहाँले दिनभरी पीपलको चौतारी मुनि बसेर औजार मर्मत र निर्माणको काम गरिरहनु भयो । मधुसँग अन्य पेशा गर्नका लागि लगानी थिएन । के गरौँ कसो गरौँ भन्दै उहाँ छट्पटिरहनु भएको थियो। मनमा झिनो आशा राखेर आम्दानी हुने आशामा ओराली बजारको पीपलको रुख मुनी बसेर ग्राहकको प्रतिक्षा गरिरहनु हुन्थ्यो ।

यसरी ग्राहक आउने आशैआशमा बसेका मधुले जिन्दगीमा एकदिन साँचिकै परिवर्तन होला भनेर सोच्नु भएको थिएन । तर मधुको जिन्दगी अहिले फेरिएको छ । हिजो ग्राहक कुरेर बस्नुपर्ने बाध्यता अहिले मधुलाई छैन् । उहाँलाई भ्याइ नभ्याई छ । ग्राहकहरुले दिएको अर्डर अनुसार काम पनि ग्राहो भइरहेको छ ।
हिजो एक्लै काम गर्ने मधुले अहिले दुई जनालाई रोजगारी दिनु भएको छ । । मधुले निर्माण गरेको उद्योगमा औजारको माग बढ्दै गएको छ । काम बढ्दै गएपछि मधुले विदेशमा रहेका दाइ पनि फिर्ता बोलाउनु भएको छ । उहाँले दाईलाई यहीँ पेशामा जोड्न खोज्नु भएको छ ।

‘ विगतको दिन सम्झिदाँ मैले यस्तो काम गर्छु होला भनेर सोचेको थिएन । करिब ७ महिनामा मेरो जीवनमा धेरै फेएिएको छ ।’ मधुले भन्नुभयो, ‘ पीपलको बोट मुनिबाट सुरु भएको आरन यात्रा अहिले मधुको मधु आरन उद्योग आधुनिक कृषि ओजार उत्पादन केन्द्रमा रुपान्तरण र बिकास भएको छ ।’

उहाँले भन्नुभयो , ‘ कहिलेकाँही कुनै भेटघाट धेरै महत्वपूर्ण हुने रहेछ । केही समय अगाडि म आरनमा काम गरिरहेको बेला एकजना स्थानीय दाईले आएर सम्वर्धन परियोजनाले खोलेको उद्यमशीलता विकास तथा व्यवसाय योजना बारेमा जानकारी दिनुभयो । मैले परियोजनाले भने बमोजिमका कागपत्र र आह्वान पत्र सहित सम्वर्धन परियोजनामा निवेदन दिए । त्यसपछि परियोजनाले मलाई छनौट गरेर उद्योग सञ्चालनका लागि सहयोग गर्यो ।’

कमाउनका लागि विदेश जान्छु भनेर तयार भएको मलाई सल्लाह सुझाव, सहायोग र साथ दिने सम्वर्धन परियोजनाप्रति ऋणि भएको मधुले बताउनु भयो ।
‘सम्वर्धन परियोजनाले सहयोग गरेपछि मैले मधु आरन उद्योगबाट हँसिया, दराती, चुलसी, कुटो, कोदालो, फरुवा, खुर्पा, खुकुरी, खुरा, दाउ, छुरी र हलो बनाउने गरेको छु ।’ उहाँले भन्नुभयो, ‘ मैले उत्पादन गरेको औजार घरायसी प्रयोजन, खेतबारीमा प्रयोजनका लग्ने गरेका छन् । भने वन उपभोक्ता समितिले वनको झाँडी फडानी र अग्नी रेखा निर्माणका लागि लैजाने गरेका छन् ।’

सम्वर्धन परियोजनाको साझेदार संस्था सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका पैरवी अधिकृत जयन जोशीले सम्वर्धन परियोजनाले उद्यम विकासका लागि गरेको प्रस्तावना आह्वान अनुसार ७२ वटा प्रस्तावना र त्यसमध्ये २१ जना उद्यमीलाई छनौट भएको बताउनु भयो । उहाँले भन्नुभयो , ‘ छनौट भएमा उद्यमीलाई उद्यमशीलता विकास तथा व्यवसाय योजना सम्बन्धी गरी ५ दिने तालिम दिएको थियो । भने तालिम पश्चात् प्रस्ताव परिमार्जन गरिएपछि मधु आरन उद्योगलाई वित्तीय सहयोग गरिएको थियो । मधुलाई तीन किस्तामा बैँक खातामा रकम उपलब्ध छ । , जस अनुसार उद्यमले आवश्यक वित्तीय प्रक्रिया पूरा गरी प्रस्ताव अनुसार सामग्री खरिद गरेको छ । त्यसको साथसाथै, उद्यम दर्ता, व्यवसाय योजना निर्माण, व्यापार मेला तथा प्रवर्द्धनात्मक गतिविधिमा समेत सहयोग पु¥याइएको छ ।’

मधु आरन उद्योगलाई आगामी चरणमा बजारसँगको सम्बन्ध सुदृढ गर्ने, उत्पादनको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्ने तथा उत्पादन, बजारीकरण र क्षमता विकासलाई एकीकृत गर्दै उद्यम विस्तार गर्ने रणनीतिमा केन्द्रित रहेको परियोजनाको साझेदार संस्था बी ग्रुपका कृषि तथा उद्यम विकास संयोजक पप्पु यादवले बताउनु भयो । उहाँले , ‘उद्योगलाई दिगो बनाएर र बजारमुखी कृषि, वन उद्यम प्रवर्द्धन गर्ने हामीले पनि सहयोग गर्दै आएका छौ । बजार र व्यवसाय बिस्तारका कसरी गर्ने भनेर मधुलाई सल्लाह सुझाब दिइरहेको छौ ।’

मधु आरन उद्योगमा बनेका औजारहरु मधुवन, राजापुर र ठाकुरबाबा नगरपालिकामा बिक्री हुने गरेको छ । भने पछिल्लो समय अर्डर अनुसारको औजार निर्माण गरिदिनु भन्दै आउने ग्राहकको संख्या पनि बढ्दै गएको छ । बाउबाजे गर्दै आएको पुर्खौलीलाई पेशालाई आधुनिकीकरण गर्न सके देशभित्र रोजगारी सिर्जना गर्न सकिन्छ । पुर्खौली पेशालाई हेय दृष्टिकोणले होइन, पुर्खौली पेशालाईआधुनिकीकरण गरी सम्मान पूर्वक हेर्ने बनाउन जरुरी रहेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.