bardiyahospital

बर्दिया जिल्ला कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया जिल्ला कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। कर्मचारी मिलन केन्द्रको आयोजनामा पहिलोपटक कर्मचारीहरू बिच जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो।

१९ औँ गणतन्त्र दिवसको अवसरलाई रचनात्मक ढंगले मनाउनका लागि राष्ट्रसेवक कर्मचारीलाई खेलकुदसँग र कर्मचारीको मनोबल उच्च राख्न ब्याडमिन्टन प्रतियोगिता गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनु भयो ।

cld

कर्मचारी मिलन केन्द्रका अध्यक्ष सूर्यबहादुर खत्रीले धेरै कर्मचारी ब्याडमिन्टन खेल्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जिल्लाभरि रहेका ब्याडमिन्टन खेल्ने कर्मचारीलाई एक ठाउँमा ल्याएर प्रतियोगिता गराउने उद्देश्यले ब्याडमिन्टन प्रतियोगिता गरिएको हो। प्रतियोगितामा विभिन्न कार्यालयका २८ टिमको सहभागिता छ।’ 

आजबाट सुरु भएको ब्याडमिन्टन प्रतियोगिता गणतन्त्र दिवसको दिनमा सक्ने गरी तयारी गरिएको आयोजकले जनाएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.