bardiyahospital

बर्दियामा स्थानीय तहको बेरुजु करिब २ अर्ब ७ करोड , बढी बेरुजु हुनेमा बढैयाताल

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाका स्थानीय तहमा बेरुजु बढ्दै गएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षणको प्रतिवेदनअनुसार स्थानीय तहको बेरुजु २ अर्ब ६ करोड २७ लाख ६१ हजार ९४० रुपैयाँ पुगेको हो।

महालेखा परीक्षकको कार्यालयले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण र लेखा परीक्षणको प्रतिवेदनसमेत सार्वजनिक गर्दै आएको छ। महालेखा परीक्षण गर्दा प्रचलित कानुनको पालना, राजस्व प्रक्षेपण तथा बजेट निर्माण, योजना तर्जुमा कार्यक्रमको कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह जिम्मेवारी र जवाफदेही बनाउनु लेखा परीक्षणको उद्देश्य हो। साथै, स्रोत र साधनको प्राप्ति र स्रोतसाधनको परिचालन, मितव्ययितता लगायतको विषय कार्यान्वयन गरी सुशासन कायम गर्नका लागि लेखा परीक्षण उद्देश्य हो।

cld

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षणअनुसार पालिकाहरूले समयमा बेरुजु फर्स्योट नगर्दा प्रत्येक आर्थिक वर्षमा बेरुजु रकम थपिँदै गएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु हुनेमा बढैयाताल गाउँपालिकाका रहेको छ। पालिकाको बेरुजु थपिँदै गएर अहिले ४५ करोड २८ लाख ५३ हजार २२० रुपैयाँ पुगेको छ। त्यसैगरी, गुलरिया नगरपालिकाको बेरुजु ३८ करोड ४१ लाख ४७ हजार ९१९ रुपैयाँ  र मधुवन नगरपालिकाको बेरुजु २९ करोड ६१ लाख ३१ हजार ९३९ रुपैयाँ पुगेको छ।

त्यसैगरी, बाँसगढी नगरपालिकाको बेरुजु २२ करोड ७४ लाख १८ हजार ४४९ रुपैयाँ, गेरुवा गाउँपालिकाको बेरुजु २० करोड ६३ लाख ९ हजार ४९८ रुपैयाँ र बारबर्दिया नगरपालिकाको बेरुजु २० करोड २८ लाख ३५ हजार ४३९ रुपैयाँ पुगेको छ भने ठाकुरबाबा नगरपालिकाको बेरुजु १५ करोड ९९ लाख २३ हजार २३८ रुपैयाँ र राजापुर नगरपालिकाको बेरुजु १३ करोड ३१ लाख ४२ हजार २३८ रुपैयाँ अहिलेसम्म बेरुजु पुगेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१र०८२ को प्रतिवेदनमा उल्लेख गरिएको छ।

पालिकाहरूले समयमा बाँकी बेरुजु रकम फर्स्योट नगरे बेरुजु बढ्दै जाने देखिन्छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.