bardiyahospital

खाना, नास्ता र विविध शीर्षकमा करिब दुई करोड ५१ लाख रुपैयाँ खर्च, सबैभन्दा बढी खर्च गर्नेमा राजापुर 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा स्थानीय तहले एक वर्षमा दुई करोड ५० लाख ९० हजार ८८७ रुपैयाँको खाना, नास्ता र विविध शीर्षकमा खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनअनुसार बर्दियामा स्थानीय तहले एक वर्षमा दुई करोड ५० लाख ९० हजार ८८७ रुपैयाँको खाना, नास्ता र विविध शीर्षकमा खर्च गरेको पाइएको छ ।  

महालेखा परीक्षकको कार्यालय सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/८२ को प्रतिवेदनअनुसार सबैभन्दा बढी खाना, नास्ता, चिया, पानी, विविध खर्च गर्नेमा राजापुर नगरपालिका देखिएको छ । पालिकाले  ५६ लाख ७७ हजार रुपैयाँ खर्चको छ । मधुवन नगरपालिकाले खाना, नास्ता र विविध खर्च भन्दै ४५ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ ।  गेरुवा गाउँपालिकाले ३७ लाख ८२ हजार ३२१ रुपैयाँ विविध शीर्षकअन्तर्गत खर्च गरेको छ । 

cld

त्यसैगरी बढैयाताल गाउँपालिकाले विविध खर्च भन्दै ३५ लाख चार हजार ३४९ रुपैयाँ गरेको छ । गुलरिया नगरपालिकाले ३१ लाख ३८ हजार ८७२ रुपैयाँ चिया नास्ता र खानामा खर्च गरेको छ भने बारबर्दिया नगरपालिकाले १६ लाख ६१ हजार ९७० रुपैयाँ विविध शीर्षकमा खर्च गरेको छ । यसैगरी ठाकुरबाबा नगरपालिकाले १५ लाख ८७ हजार ९२२ रुपैयाँ र बाँसगढी नगरपालिकाले १२ लाख दुई हजार ५४ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

पालिकाहरूले विविध खर्च गर्दा बिल–भर्पाई भए तापनि कतिपय खर्चको साथ बिल–भर्पाई सो कामसँग सम्बन्धित निर्णयसहितको पृष्टि हुने प्रमाण संलग्न गर्ने गरेको नदेखिएको लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

online dubble sclaed
Leave A Reply

Your email address will not be published.