bardiyahospital

बर्दियामा करिब ३३ लाख रुपैयाँबराबरको अवैध सामग्री बरामद

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा अवैध भन्सार कर छली गरेर ल्याएको करिब ३४ लाख रुपैयाँबराबरको सामग्री प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले बुधबार राति १२ बजे अवैध भन्सार कर छली गरेर ल्याएको ३२ लाख ६३ हजार ६ सय रुपैयाँबराबरको सामग्री बरामद गरेको हो ।

मधुवन नगरपालिका– ४ स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले अवैध भन्सार छली गरेर ल्याएको प्लास्टिक रेनकोट सिंगल ४९१ थान, खादा १०० थान, प्लास्टिक रेनकोट डबल ४४७ थान, प्लास्टिक रेनकोट बच्चाको डबल १९४ थान, स्पोर्टस् हाफपाइन्ट ३३८ थान, कट्टु १,१७० थान, सानो छाता १५८ थान, टिसर्ट २,३०९ थान, जिन्स र कटन हाफपाइन्ट ४५८ थान, फुल जिन्स र कटन पाइन्ट ४४४ थान, ट्राउजर ३३१ थान, कालो बेल्ट १३२ थान, लकबेल्ट ४० थान, टाबेल २९ थान, क्याप टोपी ३३७ थानलगायतको सामग्रीसहित एक मिनी ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनु भयो ।

cld

अवैध सामग्रीको साथमा सु।प।प्र। ०१(००१ क १९९१ मिनीट्रक, सवारीचालक कैलालीको घोडाघोडी नगरपालिका– ११, पहलमानपुरका ४४ वर्षीय चुनुराम चौधरी र कैलालीको टीकापुर नगरपालिका– १, बगरैयागाउँका ३० वर्षीय अजय चौधरीसमेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.