bardiyahospital

पुलबाट खसेर अपाङ्गता भएकी सुविक्षालाई घरमा पुगेर दिइयो नागरिकता 

Geruwa GIF

कृष्णसार अनलाइन । पुलबाट खसेर अपाङ्गता भएकी मधुवन नगरपालिका– १ की १७ सुविक्षा थारूलाई घरमा पुगेर नागरिकता दिइएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले असार २४ पुलबाट खसेर अपाङ्गता भएकी मधुवन नगरपालिका, १ की १७ सुविक्षा थारूलाई घरमा पुगेर नागरिकता दिएका हुन् । 

सुविक्षाले नागरिकता पाएपछि खुसी हुँदै आफू स्वस्थ भएपछि समाजका लागि उदाहरणीय काम गरेर देखाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ चिकित्सकले उपचार गरेपछि स्वास्थ्य हुन्छु भन्नुभएको छ। मलाई पनि विश्वास छ म छिटो सन्चो हुन्छु ।’ 

cld

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सुविक्षाको उपचारका लागि आवश्यक सहयोग गर्नका लागि सरोकारवाला निकायसँग पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो ।

कक्षा १२ मा पढ्दै गरेकी थारूको करिब दुई महिना अगाडि पुलबाट खसेर ढाड भाँचिएको थियो। ढाड भाँचिएर अपाङ्गता भएकी थारूलाई प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल जिल्ला समन्वय समितिका अध्यक्ष सूर्यबहादुर विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी, पत्रकार महासंघका सचिव यज्ञप्रसाद सापकोटा, इन्सेक जिल्ला प्रतिनिधि प्रकाश पौडेललगायतको टोली घरमा पुगेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.