bardiyahospital

गुलरिया नगरपालिकमा उपभोक्ता समितिबाट करिब ६२ प्रतिशत काम

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा रहेको गुलरिया नगरपालिकाले ६२ प्रतिशत काम उपभोक्ता समिति बनाएर गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षणको प्रतिवेदनअनुसार पालिकाले ६१।६८ प्रतिशत काम उपभोक्ता समिति बनाएर गर्ने गरेको पाइएको छ ।

खरिद नियमावली, २०६४ को दफा ९७ मा एक करोड रुपैयाँसम्मको लागत अनुमानमा मूल्य अभिवृद्धि कर, ओभरहेड, कन्जिजेन्सि रकम र जनसहभागितासमेत समावेश गरी उपभोक्ता समितिबाट काम गर्न सकिने व्यवस्था रहेको छ । तर, खरिद नियमावलीविपरीत जनसहभागिताविना नै कागजी उपभोक्ता समिति बनाएर काम गर्ने परिपाटी बढ्दै गएको छ । कागजमा उपभोक्ता समिति बनेको भए पनि काम भने निर्माण व्यवसायीले गर्दै आएका छन् ।

cld

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१र८२ को लेखा परीक्षण प्रतिवेदनअनुसार पालिकाले ११ करोड ७३ लाख ४७ हजार १६६ रुपैयाँको काम उपभोक्ता समितिमार्फत काम गरेको छ । पालिकाले १३२ वटा उपभोक्ता समितिबाट काम गराएको लेखापरीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पालिका र वडास्तरीय २१४ योजनामध्ये आधाभन्दा बढी १३२ वटा योजनाको काम उपभोक्ता समिति बनाएर पालिकाले गर्दै आएको छ । पालिकामा पालिकास्तरीय २० लाखमाथिका २६ वटा, पाँच लाखदेखि २० सम्मका ४४ वटा, पाँच लाखसम्मका नौवटा योजना रहेका छन् । त्यसैगरी वडास्तरीय पाँच लाखदेखि २० लाखसम्मका ३१ वटा र पाँच लाखसम्मका १०४ वटा योजनाको काम भएको लेखापरीक्षणको प्रतिवेदनमा उल्लेख भएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.