bardiyahospital

थारु समुदायको खानाका परिकारलाई बजारीकरण गर्ने अभियानमा छौँ :मन्त्री चौधरी

Geruwa GIF

बारबर्दिया ।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले थारुहरुको पहिचान र खानाका परिकारहरुको बजारीकरण गर्ने अभियानमा रहेको बताउनु भएको छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ११ बेलभारमा घरच्वार थारुहरुको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

थारु समुदायको परम्परागत रुपमा रहेको खानेकुराहरुलाई बजारीकरण गरेर आर्थिक उपार्जन गर्न सकिने बताउनु भएको छ । थारुहरुको घरमा उत्पादन हुने रक्सीलाई लेवल मापन गरेर बजारमा लैजाने प्रयासलाई जारी राखेको बताउनु भएको छ । जसका लागि थारु समुदाय पनि सचेत र सक्रिय भएर लग्नु पर्ने कुरामा जोड दिनु भएको छ । घरच्वार थारु समुदायको घरगुरुवा समेत रहनु भएका मन्त्री चौधरीले थारु सामुदाय कला संस्कृति र संस्कारले भरिपुर्ण रहेकोले यसलाई बिश्वबाजारमा लैजान आवश्यक रहेको बताउनु भएको छ ।

cld

बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु कबिरले आफ्नो गोत्र तथा परिवार संगठित भएर आफ्नो कला सस्कृति संरक्षण र प्रर्वधन गर्नु विकास रहेको बताउनु भएको छ । आफ्नो पहिचान जोगाउन पाउने संवैधानिक अधिकार रहेकोले थारु घरच्वारहरु पनि त्यस तर्फ अग्रसर हुनु सकारात्मक रहेको बताउनु भएको छ । नगर उप प्रमुख अञ्जु दहितले यस्तो खालको सम्मेलनले आफ्नो गोत्रहरुको चिनाजान र पहिचान हुने वातावरण सिर्जना गर्ने बताउनु भएको छ । हाम्रो धर्म संस्कार अनुसार आफ्नो गोत्रमा विवाह नचल्ने भएकोले आफ्नो गोत्र नचिन्दा गोत्र गोत्र बिच विवाह हुन सक्ने भएकोले पनि गोतियार सम्मेलन गर्न आवश्यक रहेको बताउनु भएको छ ।


सम्मेलनमा घरच्वारहरुको ईतिहास दहित घरगुर्वा रहेको घरच्वार थर रहन गएको बिभिन्न मिथक रहेको छ । चर्चित मिथककोे अनुसार, माछा मार्न गएका ेबेलामा गाईको घण्टीमा सुनको ल्वाह्रा देखेर लोभियर घण्टी चोरेर ल्याएकोले घण्टाचोर घण्टाचोर भन्दाभन्दै अपभ्रम्स भएर घरच्वार हुनगएको र त्यसपछि उक्त परिवारलाई घरच्वार (घरचोरान) भनेर परिचित भएको मानिएको मान्यता रहेको घरच्वार थारु सम्मेलन मुल समारोह समितिका सदस्य पुर्णबहादुर घरच्वार थारुले अवधारण पत्र प्रस्तुत गर्नु भएको थियो । सम्मेलनमा ६ जिल्लाका करिब आठ सय प्रतिनिधिहरुका ेसहभागिता रहेको छ । दुई दिन सम्म संचालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिने आयोजकले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.