bardiyahospital

पाँच वर्षमा सर्पको टोकाइबाट १३ जनाको मृत्य

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा पाँच वर्षमा सर्पको टोकाइबाट १३ जनाको मृत्यु भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले पाँच वर्षमा सर्पको टोकाइबाट १३ जनाको मृत्यु भएको जनाएको हो ।

जाडो महिनामा भन्दा गर्मी महिनामा सर्प टोकाइको जोखिम बढी हुने गरेको छ । सर्पको टोकाइबाट गत आर्थिक वर्षमा ०८२र८३ मा पाँचजनाको मृत्यु र ३४ जना घाइते भएका छन् । त्यसैगरी आर्थिक वर्षमा ०८१र८२ मा ६ जनाको मृत्यु, १८ जना घाइते भएका छन् भने आर्थिक वर्षमा ०८०र८१ मा एकजनाको मृत्यु र १५ जना घाइते भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । त्यसैगरी, आर्थिक वर्षमा ०७९र८० मा एकजनाको मृत्यु, दुईजनाजना घाइते भएका छन् भने आर्थिक वर्षमा ०७८र७९ मा दुईजना घाइते भएको विपत् व्यवस्थापन समितिको तथ्यांकले देखाउँछ ।

cld

पाँच वर्षमा सर्पदंशबाट १३ जनाको मृत्यु र ७१ जना घाइते भएका छन्। तथ्यांकले बर्दियामा अझै पनि सर्पदंशको जोखिम उच्च रहेको देखाउँछ। गर्मीयाम तथा वर्षायाममा सर्पको गतिविधि बढी हुने भएकोले सर्पको जोगिनुपर्छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले सर्पको रगत चिसो हुने भएकोले जाडो महिना आफूलाई सुरक्षित राख्न सर्प न्यानो ठाउँमा लुकेर बस्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जाडो महिनामा भन्दा गर्मी महिनामा सर्पको जोखिम बढी हुन्छ । त्यही भएर हिँडडुल गर्दा सुरक्षित र सचेत भएर हिँड्नुपर्छ ।’

बर्दियामा राजगोमन, गोमन, करेत, रसल भाइपर र पिन्ट करेतजस्ता विषालु सर्प पाइने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

बर्दिया अस्पताल गुलरियाका सूचना अधिकारी केशव न्यौपानेले सर्पले टोकेर अस्पताल आएका बिरामीलाई सेवा दिन सक्ने जनशक्ति भए तापनि भेन्टिलेटर नहुँदा कतिपय बिरामीलाई भेरी अस्पताल नेपालगन्ज रिफर गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विषालु सर्पले टोकेको बिरामीको लामो समयसम्म उपचार गर्नुपर्ने हुन सक्छ । अस्पतालमा स्रोत–साधनको अभाव छ । जसले गर्दा बिरामीलाई थप उपचारको लागि नेपालगन्ज पठाउनुपर्ने बाध्यता रहेको छ । कम्तीमा अस्पतालमा भेन्टिलेटरलगायत अन्य स्रोतसाधन व्यवस्थापन गर्न सके धेरै हदसम्म बिरामीलाई यहीँबाट उपचार सेवा दिन सकिन्छ ।’

सर्पदंशका गम्भीर बिरामीले समय उपचार नपाउँदा ज्यान जाने जोखिम हुने भएकाले जिल्लामा नै उपचारको सुविधा विस्तार गर्नु आवश्यक स्रोतसाधन र जनशक्ति व्यवस्थापन गर्नुपर्छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.