
कृष्णसार अनलाइन । बर्दियामा व्यापारीक सन्ध्याकालिन मिनी मेला सुरु भएको छ । गेरुवा गाउँपालिका, ३ बालुवाटारमा गेरुवा व्यापारीक सन्ध्याकालीन मिनी मेला–२०८३ सुरु भएको हो ।
कृषि, कला, संस्कृति र स्थानीय व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर रावतले बताउनु भयो ।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले स्थानीय उत्पादनको बजारीकरण,व्यापार–व्यवसायको प्रवर्द्धन तथा गेरुवाको कला, संस्कृति र पर्यटनको सम्भावनालाई उजागर गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
स्थानीय व्यवसायी तथा कृषकलाई आफ्ना उत्पादनको प्रचार प्रसार तथा बिक्रीका लागि मेला उपयोगी आयोजनाले जनाएको छ । मेलाले स्थानीय बजारलाई गतिशी बनाउनुका साथै व्यवसायी तथा उपभोक्ताबीचको सम्बन्ध सुमधुर हुने स्थानीय व्यवसायीको बुझाइ रहेको छ ।
मेलाको उद्घाटन समारोह पछि स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत रहेको थियो। कलाकारहरूको प्रस्तुति हेर्न स्थानीयवासीको उपस्थिति रहेको थियो। मेला आगामी १५ गतेसम्म सञ्चालन हुनेछ। मेला अवधिभर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।


