
कृष्णसार अनलाइन । बर्दियामा माध्यमिक तहका विद्यार्थीलाई शैक्षिक उत्प्रेरणा तथा सचेतता मूलक तालिम दिइएको छ । गेरुवा गाउँपालिका , २ पाताभातमा रहेको एकप्रिय राठोर माध्यमिक विद्यालयकावमाध्यमिक तहका विद्यार्थीलाई शैक्षिक उत्प्रेरणा तथा सचेतनामूलक तालिम दिइएको हो ।
गगन सिंह कुँवर फाउन्डेसन नेपालको आयोजना तथा इलाका प्रहरी कार्यालय पाताभार र गेरूवा गाउँपालिका वडा नं. २ वडा कार्यालयको समन्वयमा तालिम दिइएको थियो । विद्यार्थीलाई पढाइप्रति सकारात्मक बनाउन, आफ्नो लक्ष्य प्राप्तिको बाटो निर्धारण गर्न र समाजमा देखिएका सामाजिक समस्याबाट सुरक्षित राख्ने उद्देश्यले तालिम दिइएको गगन सिंह कुँवर फाउन्डेसन नेपालका अध्यक्ष शेरबहादुर कुँवरले बताउनु भयो ।
शैक्षिक भविष्यसँग प्रत्यक्ष जोडिएका विषयमा विद्यार्थीहरूलाई सिकाइएको थियो । तालिममा सहभागी भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुतनकुमार चौधरीले तालिम प्रशिक्षण र अन्तरक्रिया कार्यक्रमले विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासमा सकारात्मक प्रभाव पर्ने बताउनु भयो ।

तालिमका प्रशिक्षक भिजन तालिम तथा परामर्श केन्द्र, टीकापुर कैलालीका सञ्चालक लोकबहादुर नेपालीले विद्यार्थीहरूमा बढ्दो मोबाइलको प्रयोग तथा एडिक्सन, लागूऔषध दुर्व्यसन, पढाइमा मन नलाग्ने समस्या र अध्ययनमा ध्यान केन्द्रित हुने उपायको बारेमा विद्यार्थीलाई जानकारी दिनु भएको थियो ।
त्यसैगरी उत्प्रेरणा तथा सचेतनामूलक तालिममा उनले बालविवाह न्यूनीकरण तथा त्यसले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्न सक्ने असरबारे समेत विद्यार्थीलाई सचेत गराउनु भएको थियो ।
उहाँले विद्यार्थीलाई मोबाइल तथा सामाजिक सञ्जालको उचित प्रयोग गर्न, आफ्नो समयलाई व्यवस्थित बनाउन, अध्ययनका लागि लक्ष्य निर्धारण गरि र अनुशासनलाई जीवनको महत्वपूर्ण पक्षका रूपमा लिन विद्यार्थीलाई आग्रह गर्नु भएको हो ।
गगन सिंह कुँवर फाउन्डेसन नेपालले समाजमा सकारात्मक परिवर्तन ल्याउने सचेतनामूलक कार्यक्रम, सामाजिक सेवा तथा समुदाय केन्द्रित गतिविधिलाई प्राथमिकता दिँदै आएको छ ।



