
कृष्णसार अनलाइन । सिन्धुलीको जिरी नगरपालिकामा इन्फ्लुएन्जा भाइरस संक्रमण बढेपछि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ ।
जिरी अस्पतालले स्थानीय नागरिक तथा कर्मचारीमा ज्वरो आउने, खोकी लाग्ने, रुघा लाग्ने, घाटी दुख्ने, जिउ दुख्ने, जिउमा थकान महसुस हुने लगायतका लक्षणहरू देखिएपछि स्वास्थ्य समस्याको पहिचान गर्न स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याब टेष्ट गर्न पठाउँदा इन्फ्लुएन्जा ए पोजिटिभ देखिएको थियो ।

इन्फ्लुएन्जा भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग हो ।त्यही भएर पालिकाले भदौ २ गते सूचना जारी गर्दै इन्फ्लुएन्जा भाइरस सङ्क्रामक रुपमा फैलिएको नदिन र रोगको रोकथाम तथा नियन्त्रणका पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू ६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।


