bardiyahospital

सांसद ठाकुरसिंह थारू : बर्दियामा आईसीयू नहुँदा ३६ किलोमिटर टाढा जानुपर्ने बाध्यता 

Geruwa GIF

कृष्णसार अनलाइन । सांसद ठाकुरसिंह थारूले बर्दिया अस्पताल गुलरियामा आईसीयू नहुँदा उपचारको लागि ३६ किलोमिटर टाढा जानुपर्ने बाध्यता रहेको बताउनु भएको छ । संसदमा बोल्दै सांसद थारूले आईसीयू नहुँदा उपचारको लागि ३६ किलोमिटर टाढा नेपालगन्ज जानुपर्ने बाध्यता रहेको बताउनु भएको हो ।

 करिब साढे ५ लाख जनसङ्ख्या भएको बर्दियामा आइसीयु छैन । अस्पतालमा आईसीयूको सञ्चालन गर्न आवश्यक पर्ने भौतिक संरचना भएपनी जनशक्ति अभावले गर्दा आइसीयु सञ्चालनमा आउन सकेको छैन ।

cld

संसदमा बोल्दै सांसद थारूले वर्षा सुरु भइसके पछि ९ जना सर्पदंशका बिरामी अस्पतालमा भर्नाको र उपचारको क्रममा एकजनाको मृत्यु भएको बताउनु भयो । उहाँले भन्नुभयो , ” आईसीयू नहुँदा बर्दियाको गुलरियाबाट करिब ३६ किलोमिटर टाढा नेपालगञ्जमा उपचारका लागि जानुपर्ने बाध्यता छ। म सम्माननीय सदन मार्फत नेपाल सरकारसँग आग्रह गर्दछु, तत्काल आईसीयूको व्यवस्था होस्।”

online dubble sclaed
Leave A Reply

Your email address will not be published.