
कृष्णसार अनलाइन । बर्दियाको गेरुवा गाउँपालिका, १ सरखोलमा रहेको जनता परीक्षित नरसिंह आधारभूत विद्यालयले आफ्नो ३४ औँ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै वडा अध्यक्ष कर्मप्रसाद चौधरीले विद्यालय समुदायको शैक्षिक विकासको महत्वपूर्ण आधार भएको बताउँदै विद्यालयको समग्र विकासमा स्थानीय सरकारको सहयोग र सहकार्य निरन्तर रहने बताउनु भयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीको क्षमता विकासमा ध्यान दिन अभिभावक , विद्यालय लाग्नुपर्ने आफ्नो धारणा व्यक्त गर्नु भयो ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रचना चौधरीले विद्यालयको विकासमा शिक्षक, विद्यार्थी, अभिभावक, भूतपूर्व विद्यार्थी तथा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो। उहाँले विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय बनाउँदै लैजान सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करम चौधरीले विद्यालयको प्रगति र गुणस्तरीय शिक्षाका लागि सबै पक्षको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र नमुना बनाउने दिशामा समिति प्रतिबद्ध रहेको काम गर्ने बताउनु भयो ।
वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम तथा अन्य प्रस्तुती देखाएका थिए । भने विद्यालयको ३४ औँ वार्षिकोत्सवले विद्यालयको विगतको योगदानसँगै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको प्रतिभा विकासमा सरोकारवालाको भूमिका महत्वपूर्ण हुने विद्यालयले विश्वास लिएको छ ।


