bardiyahospital

इरेजरमा हानिकारक केमिकलको मात्रा उच्च

Bidhut Notice

काठमाण्डौ ।

नेपालमा प्रयोग गरिने इरेजरमा हानिकारक केमिकलको मात्रा उच्च रहेकाे पाइएकाे छ।

बालबालिकाले सिसाकलमले लेखेको मेटाउन प्रयोग गर्ने इरेजरमा ‘फ्थालेट्स’ नामक केमिकलको प्रयोग धेरै पाइएको एक अध्ययनले देखाएको हाे। जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका अनुसार एसियाली देशहरूको नमुना अध्ययनका क्रममा नेपालमा प्रयोग गरिने इरेजरमा पनि फ्थालेट्स नामक केमिकलको प्रयोग अत्यन्तै धेरै प्रयोग भएको पाइएको हो।

एउटा इरेजरमा शून्य दशमलव एक प्रतिशतभन्दा धेरै फ्थालेट्स  प्रयोग भएमा त्यो हानिकारक मानिन्छ। नेपालमा उत्पादन हुने ५३ वटा कम्पनीको नमुना पठाइएकोमा चार वटा कम्पनीबाहेक सबैमा केमिकलको मात्रा धेरै रहेको पाइएको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक राम चरित्र शाहले बताए। बङ्गलादेशलगायतका कतिपय देशमा मापदण्डभन्दा एक सय २२ गुणसम्म बढी पाइएको उनले बताए।

आयातित इरेजरको तुलनामा नेपालमा उत्पादन गरिएका इरेजरमा केमिकलको मात्रा कम रहेकोले नेपालमा उत्पादन भएका इरेजर प्रयोगमा जोड दिनुपर्ने उनले बताए। फ्थालेट्स केमिकलको प्रभावले हर्मोन उत्पादनमा असर गर्ने भएकाले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा समेत असर पुर्‍याउने गर्छ। स्वास्थ्यखबरबाट

Leave A Reply

Your email address will not be published.