bardiyahospital

बर्दियाका दुई स्थानीय तहमा आँखा उपचार केन्द्र उद्घाटन

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ। रोटरी क्लब अफ रुद्रमती काठमाडौँको आयोजनामा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको हो।

स्थानीय नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ठाकुरबाबा र राजापुर नगरपालिकामा आँखा उपचार केन्द्र विस्तार गरिएको हो। आँखा उपचार केन्द्र सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले सञ्चालन गरेको शिव गंगा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ।
ठाकुरबाबा नगरपालिकामा भदौ १६ गतेदेखि नै आँखा उपचार सेवा सुरु भए पनि आज औपचारिक रूपमा केन्द्रको उद्घाटन गरिएको हो। राजापुर नगरपालिकामा भने आजदेखि नै आँखा उपचार सेवा सुरु भएको छ।

cld

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाका सभापति नरेन्द्रराज शर्माले रोटरी क्लब अफ रुद्रमती काठमाडौँको सहयोगमा ठाकुरबाबा र राजापुरमा आँखा स्वास्थ्य सेवा विस्तार गरिएको बताउनु भयो। शिव गंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहज रूपमा आँखा उपचार सेवा पाइरहेको जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले नगर अस्पतालबाट आँखा उपचार सेवा सुरु भएपछि स्थानीय नागरिकले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘नगर अस्पतालबाट आँखा उपचार सेवा उपलब्ध भएको छ । भने मोतियाबिन्दु भएका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि शिव गंगा आँखा अस्पताल पठाउने गरिएको छ।’

रोटरी क्लब अफ रुद्रमती काठमाडौँका पूर्वअध्यक्ष डा। ध्रुव भट्टराईले आँखा उपचार सेवाको विस्तारले स्थानीय नागरिकको गुणस्तरीय उपचारमा पहुँच बढाउने बताउनु भयो। आँखामा समस्या भएका व्यक्तिले समयमा उचित उपचार पाए दृष्टिसम्बन्धी समस्या समाधान गर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नगर अस्पतालबाट संसार देखाउने पुण्य सेवाको सुरुवात भएको छ। यसले पक्कै पनि सफलता पाउँछ।’

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाका प्रमुख हरि केसीले नगर अस्पतालमा उपचारका क्रममा मोतियाबिन्दु देखिएका बिरामीको शिव गंगा आँखा अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको बताउनु भयो । पालिकासँगको सहकार्यमा रेडक्रसले आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको र त्यसका लागि रोटरी क्लबबाट सहयोग प्राप्त भएको उनले जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.