bardiyahospital

दुई स्थानीय तहले दिए द्वन्दकालमा श्रीमान् बेपत्ता पारिएका महिलालाई जीवन निर्वाह भत्ता

Geruwa GIF

कृष्णसार अनलाइन । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका पत्नीलाई दुई स्थानीय तहले मासिक रूपमा जीवन निर्वाह भत्ता दिँदै आएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका पत्नीलाई  राजापुर र ठाकुरबाबा नगरपालिकाले कार्यविधि बनाएर मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउँदै आएका हुन्।

दसवर्षे सशस्त्र द्वन्द्वका क्रममा बर्दियालगायत देशभरबाट धेरै व्यक्ति बेपत्ता पारिएका थिए। बेपत्ता व्यक्तिका परिवारले वर्षौँदेखि मानसिक, सामाजिक तथा आर्थिक समस्या भोग्दै आएका छन्  । द्वन्द्वकाल बर्दियाबाट २६१ जना बेपत्ता पारिएको भन्दै बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगमा परिवारको सदस्यले उजुरी दिएका छन् । आयोगमा ठाकुरबाबा नगरपालिकाबाट ५२ जना, बाँसगढी नगरपालिकाबाट ४६ जना, बारबर्दिया नगरपालिकाबाट ३९ जना, राजापुर नगरपालिकाबाट ३६ जना, मधुवन नगरपालिकाबाट २९ जना, गुलरिया नगरपालिकाबाट १९ जना, गेरुवा गाउँपालिकाबाट ३१ जना र बढैयाताल गाउँपालिकाबाट नौ जनाको उजुरी परेको थियो ।

cld

पतिको मृत्यु भएका महिलालाई सरकारले एकल भत्ता  दिएको छ । तर, द्वन्द्वकालमा बेपत्ता पारिएको व्यक्तिका पत्नी भने राज्यले दिने एकल भत्ताको अधिकारबारे बन्चित हुनुपरेको छ ।  बर्दियामा पति बेपत्ता पारिएका तर अर्को विवाह नगरेका महिलालाई पालिकाले  जीवन निर्वाह भत्ता दिन थालेको छ ।राजापुर नगरपालिकाले जीवन निर्वाह भत्ता कार्यविधि, २०७९’ बनाएर १५ जना महिलालाई मासिक दुई हजार रुपैयाँका दरले भत्ता वितरण गर्दै आएको राजापुर नगरपालिकाका कार्यालय प्रमुख मानबहादुर गिरीले बताउनु भयो ।

ठाकुरबाबा नगरपालिकाले ‘पति बेपत्ता पारिएका महिलालाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि, २०८२’ बनाएर सातजना  महिलालाई मासिक दुई हजार पाँच सय रुपैयाँका दरले भत्ता वितरण गर्दै  आएको उपप्रमुख बिना भट्टराईले जानकारी दिनुभयो ।

पति बेपत्ता भएका महिलाहरू एकल महिला सरहको अवस्थामा रहे पनि सरकारको प्रचलित नीतिअनुसार भत्ता पाउन नसक्ने भएकाले स्थानीय तहले आफ्नै कार्यविधि बनाएर जीवन निर्वाह भत्ता उपलब्ध गराउन थालेका हुन्। स्थानीय तहबाट उपलब्ध गराएको रकमले दैनिक जीवनयापन गर्नसमेत सहयोग पुगेको पीडितहरूले बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.