
कृष्णसार अनलाइन । पर्वतमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते भएका छन् । फलेबास नगरपालिका , १० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् ।
शनिबार दिउँसो लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो ओरालो सडकमा नियन्त्रण भएर सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो ।दुर्घटनामा परी पर्वतको बिहादी गाउँपालिका –०१ बाच्छा देउराली बस्ने ४९ वर्षीय प्रेमबहादुर विक मृत्यु भएको हो ।

त्यसैगरी दुर्घटनाम पर्वत, फलेवास , ११ पाङग्राङका अटो चालक ३६ वर्षीय मन बहादुर परियार, पर्वत, बिहादी गाउँपालिका , १ बाच्छा देउरालीको २४ वर्षीया कबिता वि.क, सोही ठाउँ बस्ने १५ वर्षीया अन्जुली वि.क र १३ वर्षीया दुर्गा वि.क. रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


