bardiyahospital

रेड नोटिस जारी भएका जबरजस्ती करणीका फरार आरोपित पक्राउ

Geruwa GIF

कृष्णसार अनलाइन । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाको बिर्तामोड नगरपालिका, ३ का विमल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ

 । राजवंशीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको रेड नोटिसका आधारमा ओमनबाट पक्राउ गरी नेपाल ल्याइएको छ। अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग अन्तर्गत रहेको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ मे १३ मा रेड नोटिस जारी गरेको थियो। 

cld

एनसीबी काठमाडौंएनसीबी मस्कट, ओमनको संयुक्त पहलमा राजवंशीलाई ओमनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले कतार एयरवेज मार्फत राजवंशीलाई नेपाल ल्याएको हो। पक्राउ परेका राजवंशी उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.