bardiyahospital

बासस्थान संकट र परम्परागत मार्ग मिचिँदा बढ्दै मानव–हात्ती द्वन्द्व

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  बर्दियामा पछिल्लो पाँच वर्षमा हात्तीको आक्रमणबाट सातजनाको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज र सामुदायिक वन क्षेत्रमा पछिल्लो पाँच वर्षमा हात्तीको आक्रमणबाट सातजनाको मृत्यु भएको हो। सोही अवधिमा प्राकृतिक कारण र अन्य कारणले सातवटा हात्तीको मृत्यु भएको छ।

हात्ती जमिनमा बस्ने वन्यजन्तुमध्ये सबैभन्दा ठुलो जनावर हो। तर, पछिल्लो समय भइरहेको विकास र घट्दै गएको बासस्थानले हात्तीको अस्तित्वसमेत संकटमा पर्दै गएको छ। हात्ती बासस्थान र आहारा घट्दा मानव–हात्ती द्वन्द्व पनि बढ्दै जाने जोखिम बढेको छ।

cld

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक रामले हात्ती खानेकुराको खोजीमा टाढा टाढासम्म जाने र परापूर्वकालदेखि हिँड्ने गरेको बाटोमा नै हिँड्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हात्तीको पुर्खा हिँडेको जुन बाटो छ, त्यही बाटोबाट हात्ती हिँड्ने गर्छ। तर, बढ्दो सहरीकरण र हात्तीको बाटोमा मानव बस्ती बसेसँगै हात्तीले घर भत्काएर हिँड्ने गर्छ। हात्ती आफ्नो हिसाबले हिँड्न खोज्छ। तर, मानिसले हात्तीलाई धपाउन खोजेपछि हात्तीले आक्रमण गर्ने गर्छन्।’

बर्दियामा आर्थिक वर्ष ०८२/८३ मा तीनजनाको मृत्यु र तीनजना घाइते, आर्थिक वर्ष ०८१/८२ मा दुईजनाको मृत्यु र तीनजना घाइते, आर्थिक वर्ष ०८०/८१ मा पाँचजना घाइते, आर्थिक वर्षमा ०७९/८० मा एकजनाको मृत्यु र तीनजना घाइते तथा आर्थिक वर्षमा ०७९/८० मा एकजनाको मृत्यु र चारजना घाइते भएका छन्। मानवसँगको द्वन्द्वका कारण गत आर्थिक वर्ष ०८२/८३ मा तीन, आर्थिक वर्ष ०८१/८२ मा तीन र आर्थिक वर्ष ०७९/८० मा एउटा हात्तीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

‘मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न हात्ती हिँड्ने बाटो कुन हो, त्यो थाहा पाउनुपर्छ। हात्ती हिँड्ने मार्गहरू खुला छाडिदिनुपर्छ। हात्ती बसोबास गर्ने स्थानको संरक्षण, व्यवस्थापन गर्नुपर्छ। समुदायमा सचेतनामूलक कार्यक्रम गरेर स्थानीय जनता यो विषयमा जागरुक बनाउनुपर्छ,’ वरिष्ठ संरक्षण अधिकृत डा.रामले भन्नुभयो, ‘मान्छेलाई हात्तीबाट जोगाउन अर्ली वार्निङ सिस्टम, साइरनजस्ता पूर्वसूचना प्रणालीहरू जडान गरेर समुदायलाई सुरक्षित राख्न सकिन्छ।’

मानव जीवन अमूल्य भएको हुनाले मान्छेलाई केन्द्रमा राखेर मानव मृत्युलाई शून्य राख्ने गरी काम गर्नुपर्ने वरिष्ठ संरक्षण अधिकृत रामले बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.