bardiyahospital

कारागारका कैदीलाई परिवारसँग भर्चुअल संवादको सुविधा

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको गुलरियामा रहेको कारागारमा सजाय भुक्तान गर्दै आएका कैदीलाई परिवारसँग भर्चुअल रुपमा कुरा गर्ने व्यवस्था सुरुवात गरिएको छ । कारागार नियमावली बनेपछि कारागारमा सजाय भुक्तान गर्दै आएका कैदीलाई परिवारसँग भर्चुअल रुपमा कुरा गर्ने व्यवस्थाको सुरुवात गरिएको हो।

कारागार नियमावली, २०८३ मा भेटघाटका लागि आउन नसक्ने वा तीन महिनाभन्दा बढी समयदेखि परिवारका सदस्यसँग भेटघाट गर्न नपाएका बन्दीले निवेदन दिएमा अभिलेख राखी तीन महिनामा बढीमा एक पटक भर्चुअल माध्यमबाट कुराकानी गर्न दिने व्यवस्था गरिएको छ । कारागार प्रशासकले तोकेको स्थानबाट बढीमा १५ मिनेटसम्म कुराकानी गर्न पाउने व्यवस्था नियमावलीमा छ । लामो समयदेखि परिवारसँग भेटघाट गर्न नपाएका बन्दीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो ।

cld

कारागार प्रशासक दीपेन्द्रबहादुर शाहीका अनुसार यही व्यवस्थाअनुसार कारागारमा कैद सजाय भोगिरहेकी एक महिलालाई जापानमा रहेका छोरासँग भर्चुअल माध्यमबाट कुराकानी गराइएको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘लामो समयदेखि परिवारका सदस्यसँग भेटघाट गर्न नपाएका कैदीले निवेदन दिएमा भर्चुअल माध्यमबाट कुराकानी गर्न दिने व्यवस्था मिलाएका छौँ ।’

कारागारका खरिदार तथा सूचना अधिकारी रविकुमार थारूले कारागारको पुरुष बन्दीगृहमा ४ सय पाँच जना पुरुष कैदीबन्दी र महिला बन्दीगृहमा ६९ जना महिला र तीन जना आश्रित बालबालिका  रहेको  जानकारी दिनुभयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.