
कृष्णसार अनलाइन । रसुवा लगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गुलरिया नगरपालिका, ११ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ हजार २२५ रुपैयाँ सहयोग गरेको छ।
बाढी प्रभावित क्षेत्रका पीडितलाई सहयोग पुऱ्याउने उद्देश्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, शिक्षक तथा विद्यार्थीहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी कोषमा जम्मा गरिएको विद्यालयका शिक्षक धनबहादुर गिरीले जानकारी दिनुभयो । “संकलित २७ हजार २२५ रुपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिसकेका छौँ,” शिक्षक गिरीले भने ।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा पुनस्थापनाका लागि उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको थियो। विपद्को यो घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु र सामाजिक दायित्व पूरा गर्नु विद्यालयको कर्तव्य भएकाले शिक्षक तथा विद्यार्थीहरूको पहलमा रकम संकलन गरी कोषमा पठाइएको विद्यालयले जनाएको छ।


