bardiyahospital

स्यालको मोर्चा कसेर हात्तीको सिकार हुँदैनः अध्यक्ष ओली

गुलरिया नगरपालिकाकी उपप्रमुख एमालेमा प्रवेश

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताउनु भएको छ । बर्दियाको गुलरियामा नेपाल भुमिहिन सुकुम्बासी संगठनको प्रथम केन्द्रिय अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।


उहाँले गठबन्धन दलहरु प्रति लक्षित गर्दै उहाँले स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताउनु भएको हो । उहाँले चुनावमा एमाले सँग एक्लै लड्न नसकेर काँग्रेसले पाँच दल सँग गठबन्धन गरेको बताउँदै पाँच दल सँगै लडेपनि एमाले एक्लैले जित्ने दावी गर्नु भयो ।

cld

अध्यक्ष ओलीले आफू सरकारमा रहेका बेला मुक्त कमैया भूमिहिन सुकुम्बासीहरुको समस्या समाधान गर्नका लागि भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको बताउँदै भूमिहिनलाई भूमिको मालिक बनाउन थालेकै बेला परमादेशका कारण सरकार छोड्नुपरेको बताउनुभयो ।

नेपाली काँग्रेसले २०४८ सालमा बहुमत ल्याएपछि सुकुम्बासीहरुको छाप्रामा आगो लगाएको बताउनु भयो । त्यतीबेला नेपाली काँग्रेसले भुमिहिन मान्दैनौ सुकुम्बासी छैन भनेको बताउँदै तिनीहरुनै भुमिहिन् सुकुम्बासीहरुको घरदैलोमा आश्वासन बाँढ्दै हिँड्ने बताउनु भयो ।


अध्यक्ष ओलीले ११ लाख सुकुम्बासी भुमिहिनहरुलाई जग्गा दिने गरी तयारी गरीरहेको समयमा तर परमादेशी सरकारले आयोग विगठन गरेको बताउँदै अहिलेको सरकारले सुरु मै भुमिहिन सुकुम्बासीहरुको विरुद्धमा काम गरेको बताउनु भयो ।

नेकपा एमाले सरकारमा रहँदा घर नभएकाहरुलाई जनता आवासका नाममा हजारौं घर निर्माण, हुलाकी राजमार्ग र पूर्व पश्चिम राजमार्ग निर्माण, राष्ट्रिय गौरवका आयोजना, प्रत्येक पालिका जोड्ने सडक, अस्पताल निर्माणका लागि बजेट पर्याप्त पुगेको बताउँदै उहाँले भन्नु भयो –‘अहिले त्यो बजेट कहाँ गएको छ ? बजेट पुग्दैन पैसा छैन भन्छन् ।’

कार्यक्रमको अध्यक्षता गर्नुभएकी नेपाल भुमिहिन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीले अब बन्ने नेकपा एमालेको सरकारले भुमिहिन सुकुम्बासीको समस्या समाधान गर्ने बताउँदै आगामी केन्द्रिय महाधिवेशनमा पुर्व भुमिहिन सुकुम्बासीहरुको संगठन बन्ने दावी गर्नु भयो ।


अध्यक्ष ओलीले आजै गुलरिया नगरपालिकाकी उपप्रमुख एवं काँग्रेस निकट नेपाल महिला संघकी केन्द्रिय सदस्य शुसिला गिरी, गुलरिया नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष निरज कुमार शर्मा, जसपाका लुम्बिनी प्रदेश सदस्य बालकृष्ण खनाल लगायत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा समाजवादी लगायत विभिन्न पार्टीबाट दुई हजार पाँच सय बढी ब्यक्तिहरु प्रवेश गरेको नेकपा एमाले बर्दियाका सचिव पदम ढकालले जानकारी दिनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.