bardiyahospital

सम्पर्क विहीन व्यक्तिको परिवारको डीएनए नमुना संकलन गरिने

Geruwa GIF

कृष्णसार अनलाइन ।  भोटेकोशी नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको पहिचान सुनिश्चित गर्न डीएनए नमुना संकलन गरिने भएको छ । 

भोटेकोशीमा आएको बाढीमा बर्दियाका ७३ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन व्यक्तिका बुबा, आमा, छोरा वा छोरी मध्ये कुनै एक जनाबाट डीएनए नमुना संकलन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

cld

 डीएनए नमुना संकलन भदौ २१ मा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म जिल्ला प्रहरी कार्यालय, बर्दिया गुलरियामा हुनेछ । नमुना संकलनका लागि जिल्ला अस्पताल, बर्दियाले सहयोग लिइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

 नमुना दिन आउने आफन्तले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य रूपमा ल्याउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । यसबाट बाढी तथा विपद्मा फेला परेका शवको पहिचान गर्न सहयोग पुग्ने जनाइएको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.